(सिफेड) र लिडर्स नेपालद्धारा लेडको विषबाट बचावटका लागि अन्र्तराष्ट्रिय सचेतना सप्ताह सुरु

काठमाडौं, ५ कार्तिक – जन-स्वास्थ्य तथा वातावरण केन्द्र (सिफेड) र लिडर्स नेपालले लेडको विषबाट बचावटका लागि अन्र्तराष्ट्रिय सचेतना सप्ताह, २०७४ कार्तिक ५ देखी ११ गते सम्म मनाउने भएका छन् ।

आईतबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उक्त संस्थाले साता व्यापाी सचेतना सप्ताह मनाउने जानकारी गराएको हो । संस्थाका कार्यकारी निर्देशक रामचरित्र साहले उक्त सप्ताहको बारेमा जानकारी गराउँदै भने,‘लेडयुक्त पेन्टस्को उन्मुलन गर्न गराउन सबै सम्बन्धित सरोकारवाला निकायहरु सँगै पेन्टस् उद्योगी, व्यापारी र आम उपभोक्तालाई आ–आफ्नो ठाउँबाट भूमिका निर्वाह गर्न अनुरोध गर्दछु।’लेडले मानव स्वास्थ्यमा त्यसमा पनि खासगरी बालबालिकाको शारिरिक, मानसिक र बौद्धिक विकासमा नै नकारात्मक असर पार्ने भएकोले यसको उन्मुलन गर्न आजको आवस्यकता रहेको साहले स्पष्ट पारे ।

कार्यक्रममा नेपाल ग्रिल तथा स्टिल व्यवासायी महासंघका अध्यक्ष मोहन कटुवालले लेड नमिसाईकन रंगहरु उत्पादन गरि उही पैसामा विक्रि गर्न पनि सकिने बताउँदै सबै उद्योगी व्यवसायीहरुले पनि लेडमुक्त पेन्टस् र अन्य सामाग्रीहरुको उत्पादन, आयात, विक्रि वितरण र प्रयोगको प्रर्वद्धनमा जोड दिएका थिए ।

कटुवालले सिसामुक्त नेपाल निर्माणमा लाग्नको लागि सबैलाई आग्रह गरेका छन् । उनले भने,‘सिसामुक्त नेपालको परिकल्पना हामीले गरेका छौँ, यस कल्पनालाई सुन्दर बनाउन र सफल बनाउनको लागि पत्रकार, समाजका हरेक व्यक्तिले साथ दिनुपर्छ, यसरी हामी मिलेर सिसा मुक्त नेपालको निमार्णमा लाग्यौ भने भविष्यका बालबच्चाहरुको भविष्य सुन्दर हुन्छ ।’ उनले अघि थपे,‘घरलाई सुन्दर र चिप्लो बनाउनको लागि हामीले प्रयोग गरेको रंगमा मिसाओट भएको सिसालाई सहजै बुझ्न र जान्न सक्दैनौ, त्यसको प्रभाव रोक्नको लागि सचेतना चाहिन्छ, त्यसैले लेडको विषबाट बच्नको लागि अन्तराष्ट्रिय सचेतना सप्ताह २०१७ मा भाग लिएर साथ दिनको लागि हार्दिक आग्रह गर्दछु।’

त्यस्तै कार्यक्रममा रिपोर्टर्स क्लब नेपालका सभापति ऋषि धमलाले पनि उक्त आयोजक संस्थाले अघि सारेका सचेतना मूलक अभियानमा आफ्नो साथ रहेको भन्दै सबैले आ–आफ्नो स्थान बाट लेडमुक्त पेन्टस् प्रयोगमा ध्यान दिनुपर्ने बताए ।
आयोजक संस्थाद्धारा जारी प्रेस वक्तव्यमा भनिएको छ, ‘विश्व स्वास्थ्य संगठनले लेड (सिसा) लाई विश्वब्यापीरुपमा जनस्वास्थ्यलाई असर पु¥याउने प्रमूख १० रसायनहरु मध्ये एक प्रमूख घातक रसायनको रुपमा पहिचान गरेको छ भने मानव शरीरमा लेडको कुनै शुरक्षित मात्राहुदैन भने तथ्यपनि स्थापित गरेको छ, लेडले मानिसको र खासगरी बालबालिकाको शारीरीक, मानसिक तथा बौद्धीक विकासमा असर पु¥याउदछ । लेडको सम्पर्कबाट हुने दिर्घकालिन स्वास्थ्य सम्बन्धि समस्याहरुले बर्षेनी ८,००,,००० मानिसको मृत्यू हुने गरेको छ ।’

जारी विज्ञप्तीमा थप भनिएको छ,‘लेडको सम्पर्कबाट नेपाल लगायत विस्वका निम्न तथा मध्यम आय भएका देशहरुमा हरेक बर्ष करीव ९७७ विलियन डलर बराबरको क्षती भैरहेको छ । विश्वब्यापी रुपमाहुने बौधिक अशक्तता (Idiopathic intellectual disability) मध्ये लेडको सम्पर्कबाट मात्र ९.३ % हुने गर्दछन् ।विश्वब्यापी रुपमा हुने मुटु सम्बन्धि रोग (Ischaemic heart disease) मध्ये लेडको सम्पर्कबाट मात्र ४.०% हुने गर्दछन् । विश्वब्यापी रुपमा हुने हृदयघात (Stroke) मध्ये लेडको सम्पर्कबाट मात्र ६.६% हुने गर्दछन् भने नेपालमा लेडको सम्पर्कबाट पाँचवर्ष मुनीको बालबालिकामा हुने असरबाट बर्षेणी नेपाली रुपैयाँ१ खर्ब ५३ अर्बको बराबरको आर्थिक क्षती भैरहेको अनुमान गरीएको छ । जुन हाम्रो कुलग्राहस्थ उन्पादनको ४ % हुने आकलन गरीएको अध्ययन समेत रहेको थियो New York University, 2013 जसबाट करीव ५८,००० पुर्णरुपले सुविधा सम्पन्न कक्षाकोठा बनाउन सक्ने जतीको क्षतीहो भनेर बुझनु पर्दछ । तसर्थ बालबालिका लगायत आम जनताको स्वास्थ्य तथा वातावरण संरक्षण गर्न लेडयूक्त पेन्ट उन्मूलनका लागि पेन्टमा लेडसम्बन्धी सरकारी मापदण्ड हदै सम्म प्रभावकारी कार्यान्वयन भैरहेको छ तर अझै बढी प्रभावकारी बनाउदै लानुपर्ने भर्खरै गरीएको अध्यनबाट देखीन आएको छ ।’

प्रेस वक्तव्यको पूर्णपाठ
जनस्वास्थ्य तथा वातावरण प्रवद्र्धन केन्द्र (CEPHED) र लिडर्स नेपालद्वारा काठमाण्डौ उपत्यका लगायत पश्चिम नेपालका केही बजारबाट संकलन गरीएका १८ पेन्ट्स उद्योगहरुको ३७ वटा रङ्गहरुको नमूनामा नेपाल सरकारको मान्यता प्राप्त NESS Pvt. Ltd प्रयोगशालामा AAS (Atomic Absorption Spectroscopy) विधीबाट गरिएको अध्ययन अनुसार नेपालमा उत्पादन, आयात तथा विक्री बितरण हुने ५९.४६ प्रतिशत रङ्गहरु (संख्याको आधार) मा लेडको मात्रा नेपाल सरकारले तोकेको मापदण्ड ९० पि. पि. एम. लाई परीपाल्ना गरेको पाईएको छ । जुनपहिले वर्ष २०७३ को भन्दा झन्डै दुई गुणाले बढी मापदण्डको परीपाल्ना भएको देखीएको कुरा आम जनस्वास्थ्य, बालबालिकाको स्वास्थ्य र वातावरणको लागी सुखद समाचार हो । तथापी मापदण्डको अझ बढी प्रभावकारी बनाउदै लानुपर्ने अध्यनको परीनामले देखाउदछ । अध्ययनमा समावेश गरीएका १८ पेन्ट कम्पनिहरु मध्ये आठ (८) वटा पेन्ट उद्योगहरु जस्तै Indigo, Berger, Yeti, Relaiance, Salimar India, Kansai Nepal Paint, Indian Paints, American Paints The Andersonका पेन्टहरु नेपाल सरकार, जनसंख्या तथा वातावरण मन्त्रालयले तोकको पेन्टमा लेडको मापदण्ड ९०पि. पि. एम. सम्मलाई पुर्णरुपमा परीपाल्ना गरेको पाईएको छ भने । सात ((७) वटा पेन्ट उद्योगहरु जस्तै Gauri Shankar, Jasmin, Jenis, Apolo, Artee, G7, American Paint Industry का पेन्टहरुमा नेपाल सरकारले तोकेको मापदण्ड भन्दा धेरै गुणा बढी सम्म लेड पाईएको छ । सबैभन्दा बढी ५०३४७.२२ पि. पि. एम. सम्म लेडको मात्रा पाइएको छ । सोही अध्ययनमा समावेश गरीएका अर्का तिन (३) पेन्ट उद्योगहरु Asian Paints, Pashupati Paints and Nepal Paint Industryकम्तिमा कुनै एक नमूनामा नेपाल सरकारले तोकेको मापदण्ड भन्दा बढी लेड पाईएको छ । मापदन्ड अनुसार हरेक बट्टामा लेडको मात्रा र ब्यवसायजन्य सुरक्षा सम्बन्धी सावधानीमूलक सन्देश समेत लेख्नुपर्ने ब्यवस्था हरेक पेन्ट उद्योगले उल्लङ्घन गरेको पाईयो । पुराना लेडयूक्त पेन्टहरु अझै बजारमा विक्रिवितरण भैरहेको कुरा दुखद पक्ष हो ।

अर्को अध्ययनहरु अनुसार राजधानी सहर काठमाण्डौ उपत्यका र औधोगिक सहर विरगञ्जका स्कूलजाने उमेरका अधिकाशँ बालबालिकाहरुको रगतमा लेडको मात्रा ५ भन्दा बढी पाइएको थियो जुन वालवालिकाको शारीरिक, बौद्धिक तथा मानसिक बिकासमा अवरोध पु¥याउन सक्नुको साथै जिन्दगी भरीको आर्थिक उन्नती गर्ने क्षमतामा नै हा¥स ल्याउदछ भने कुरा सम्बन्धित तथ्याङ्क रहेको छ । विद्यालय भित्रको धुलोमा अत्यधिक लेड, खेलौनमा लेड एवं बालबालिकाको रगतमा समेत यती धेरै खतरनाक मात्रामा लेड पाईराख्नु बाट पेन्टमा लेडको मापदण्डको अझै प्रभावकारी कार्यान्वय नहुन जरुरी रहेको छ र सोका लागी सम्बन्धित सरकारसंग लेडको विषबाट बचावटका लागि अन्तर्राष्ट्रिय सचेतना सप्ताहका आयोजक संस्थाहरुको तर्फबाट जनस्वास्थ्य तथा वातावरण प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक एवं वातारण वैज्ञानिक रामचरित्र साहले जोडदार माग गर्नु भयो ।

बालबालिकालाई लेडको विषाक्तता बाट जोगाउनका निम्ती तथा जनचेतना फैलाउनुको साथै नेपाल सरकारबाट तोकिएको मापदण्डको प्रभावकारी रुपमा कार्यान्यवन, बजार अनुगमन आदिको निम्ती नेपाल सरकारं जनसंख्या तथा वातावरण मन्त्रालय, वातावरण विभागको सहकार्यमा विश्व स्वास्थ्य संगठन -WHO_ र IPEN को सहयोगमा जनस्वास्थ्य तथा बातावरण प्रवद्र्धन केन्द्र (CEPHED) र लिडर्स नेपालLEADERS Nepal Nepal Forum of Environmental Journalists (NEFEJ), Nepal Bar Association, PRO PUBLIC, CELSAC, EDFL, Kathmandu Medical College / Samyak Diagnostic Pvt. Ltd. etc. आदिको संयोजक्तव तथा संचार माध्यम सँग हातेमालो गर्दै अघी बढ्ने जमर्को गरेर लेडयूक्त पेन्ट उन्मुलनका निम्ती अन्र्तराष्ट्रीय सन्जालद्वारा अक्टोवर २२ देखी २८ (२०७४ कार्तिक ५ देखी ११ गते) सम्मलेडको विष बाट बचावटका लागि अन्र्तराष्ट्रीय सचेतना सप्ताह (Internatonal Lead Poisoning Prevention Week of 2017) मनाउन लागिएको हो । यो कार्यक्रम संयुक्त राष्ट्र संघीय वातावरण कार्यक्रम UNEP तथा विश्व स्वास्थ्य संगठन WHO को संयुक्त तत्वाधानमा विश्यब्यापी रुपमा हरेक वर्ष मनाउदै आएको छ ।

यो वर्षको भाव, “लेडमूक्त बालबालिका, स्वस्थ्य भविष्ण्को लागि (Lead Free Kids for a Healthy Future) भनेर मूख्य संदेश सहित विस्व ब्यापी मनाउन लागेको सचेतना सप्ताह अन्तर्गत नेपालमा पनि बालबालिकाको स्वास्थ्य एवं भविष्य जोगाउन लेडयूक्त पेन्ट उन्मूलन र प्रतिबन्ध लागि सरकारी मापदण्डको प्रभावकारी कार्यान्वयन”े तिर बढी केन्द्रीत कार्यक्रम विभिन्न संघ संस्थाहरुको संहकार्य र संयोजकत्वमा अघी सारेको छौ ।
जनस्वास्थ्य तथा वातावरण प्रवद्र्धन केन्द्र र लिडर्स नेपालद्वारा सम्बन्धित सरकारी निकाय, बिकास निकाय, रङ्ग उद्योग, कानून ब्यावसायी, अस्पताल, चिकित्सक, संञ्चारकर्मी र सञ्चारमा ध्यम तथा अन्य स्वास्थ्य, शिक्षा, वातावरण, औद्योगिक, शहरी विकास आदीसंग सम्बध निकायहरु सँगको संयुक्त प्रयासमा मनाउन लागिएको सप्ताहका विभिन्न कार्यक्रमहरु यसप्रकार रहेका छन् ।

२२ अक्टोवर (कार्तिक ५ गते) देखी २८ अक्टोवर (कार्तिक ११ गते) सम्म नेपाल सरकारले पेन्टमा लेडको तोकेको बाध्यकारी मापदण्डको प्रभावकारी कार्यान्यवनको लागी रेडियो जिङ्गल सगरमाथा रेडियो १०२.४ ःMHz , बाट दिनको ६ पटक र TV PSA कान्तिपुर टेलिभिजन हरेक बेलुका ६ः३० देखी७ बजेको विचमा प्रसारण गरीने छ ।
२२ अक्टोवर (कार्तिक ५ गते) : लेड बिषाक्तता बाट बचावटका लागिअन्र्तराष्ट्रीय सचेतना सप्ताह सम्बन्धी प्रेस सम्मेलन, रिपोर्टश कलब भृकुटि मण्डप काठमाण्डौ । दिउसोे ठिक १ः बजे ।
२३ अक्टोवर (कार्तिक ६ गते): रेडियो एवं टेलीभिजनमा जनचेतना मूलकअन्तर क्रियाकार्यक्रमहरु
२४ अक्टोवर (कार्तिक ७गते): लेडयूक्त पेन्ट उन्मूलन सम्बन्धी संञ्चारकर्मीहरुलाई अभिमूखिकरण तालिम गोष्ठि, विहान ९ः३० बाट १ बजे सम्म, अल्फा विटा हाउस, नयाबानेस्वर, काठमाण्डौ ।
२७ अक्टोवर (कार्तिक १० गते): लेडयूक्त पेन्ट उन्मूलन सम्बन्धी कानून ब्यावसायीहरुलाई अभिमूखिकरण तालिम गोष्ठि, दिउसो १ बजे बाट ६ बजे सम्म, अल्फा विटा हाउस, नयाबानेस्वर, काठमाण्डौ ।
२८ अक्टोवर (कार्तिक ११ गते): लेडयूक्त पेन्ट उन्मूलन सम्बन्धी चिकित्सकहरुलाई अभिमूखिकरण तालिमगोष्ठि, दिउसो १० बजे बाट १ बजे सम्म, अल्फा विटा हाउस, नयाबानेस्वर, काठमाण्डौ । सातास ब्यापीकार्यक्रमको समिक्षा र अन्तिम प्रेस विज्ञप्ती ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *