सिराहामा ६ स्थानिय तह जित्दै,माओवादी पहिलो दल

लाहान ८ असोज- सिरहा जिल्लाका १७ वटै स्थानीय तहको मतपरिणाम आए संगै,माओवादी केन्द्र पहिलो दल बनेको छ । आइतबार विहान सिरहा नगरपालिकाको मेयरमा फोरम र उपमेयरमा एमालेले जितेसँगै सिरहाका सबै स्थानीय तहका मतपरिणाम सार्वजानिक गरिएको हो ।

सिराहा जिल्लाका १७ मध्ये ६ स्थानीय तह जितेर माओवादी पहिलो दल बनेको हो । प्रचण्ड सिरहा छाडेर चितवनमा उठ्ने चर्चा चलिरहेको बेला सिरहामा माओवादी बलियो बनेको हो ।

माओवादीले कर्जन्हा,गोलबजार,मिर्चैया र धनगढीमाई नगरपालिका अर्नमा र औरही गाउँपालिकामा माओवादीले जितेको छ । जिल्लाको दोस्रो ठूलो दल संघीय समाजवादी फोरम बनेको छ । फोरमले जिल्ला सदरमुकाम सिरहाको मेयर सहित ५ स्थानीय तह जितेको छ । फोरमले बरियारपटी,लक्ष्मीपुर पतारी,बिष्णुपुर र भगवानपुर गाउँपालिकामा जितेको छ ।

देशकै ठूलो लहान नगरपालिका सहित ४ स्थानीय तहमा मेयर उपमेयर दुवै र सिरहा नगरपालिकामा उपमेयर जितेर एमाले तेस्रो बनेको छ । एमालेले लहान र सुखीपुर नगरपालिका तथा नरहा र सखुवानान्चारकट्टी गाउँपालिका जितेको छ ।

कांग्रेसले कल्याणपुर नगरपालिका र नवराजपुर गाउँपालिका जितेको छ । राजपा अध्यक्ष मण्डलका अध्यक्ष राजकिशोर यादवले जिल्लामा आफ्नो कुनै प्रभाव देखाउन सकेनन् । सिरहा जिल्ला राजपामुक्त भएको छ । राजकिशोरकै गाउँपालिका कल्याणपुरमा पनि कांग्रेसले जितेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *