सीके राउत जस्तै आफूहरुलाई पनि ठाने, बन्दुक उठाइन्छ – विप्लव

फागुन १५ लिबाङ, नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द विप्लवले सिके राउत र आफूहरुलाई एउटै ठाने बन्दुक उठाउने चेतावनी दिएका छन्। उनले भने,‘ हामीलाई सिके राउत जस्तै ठानेर दमन गरेरै ठीक पार्न खोजिए युद्ध हुनसक्छ।

राज्य सत्तामा रहेका दलहरु र भारतीय हस्तक्षेपकारी गलत नीतिका कारण बन्दुक बोक्ने अवस्था आउने चेतावनी दिए। रोल्पाको थबाङमा सम्पन्न पार्टीको बन्दसत्रपछि सदरमुकाम लिबाङमा घोषणा सभालाई सम्बोधन गर्दै महासचिव विप्लवले उनले भने,‘हामीले युद्ध चाहेका छैनौं । शान्ति चाहेका छौं । तर, हामीलाई दमन गर्न खोजिए क्रान्ति हुन्छ ।’

विप्लवले विदेशीको रजाईँबाट नेपालका सबै पार्टी र जनता उत्पीडित रहेको बताए। बन्द सत्रले विप्लवको नेतृत्वमा ६१ सदस्यीय केन्द्रीय समिति वनाएको छ। २० सदस्यीय वैकल्पिक समिति वनाएपनि आठ सदस्यको मात्र टुंगो लागेको छ।

भारतले नै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सरकारलाई चुनाव घोषणा गर्न लगाएर मधेसी दललाई पनि भारतले नै विरोध गर्न लगाएको आरोप लगाएको छ।

प्रचण्ड, बाबुराम र कृष्णबहादुर महराले अव क्रान्ति सम्भव नदेखेको भन्दै उनीहरुलाई स्याल राजाको संज्ञा दिँदै विप्लवले भने, ‘जनयुद्धले नै प्रधानमन्त्री वनाएको प्रचण्डलाई । उनी पहिले सामान्य मास्टर न थिए । महरा पनि मास्टर थिए । क्रान्ति सम्भव नदेख्ने भए प्रचण्ड र महरा मास्टरी गर्न गए हुन्छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *