सुनकाण्डमा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) श्यामबहादुर खत्री प्रहरी हेडक्वार्टरबाटै पक्राउ

माघ २३ काठमाडौ,३३ किलो सुनकाण्डमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) श्यामबहादुर खत्रीलाई प्रहरी हेडक्वार्टरबाटै पक्राउ गरेको छ ।

यसअघि सुन तस्करलाई सघाएको भनि शंकाको घेरामा रहेका खत्रीलाई प्रहरी हेडक्वार्टरमा सरुवा गरिएको थियो भने त्यहाँबाट जगेडा पुलमा सारिएको थियो । उनलाई पक्राउ पछि केन्द्रीय अनुसन्धान ब्यूरोको कार्यालय महाराजगञ्जमा लगिएको बताइएको छ ।

पुस २१ गते विमानस्थलबाट ३३ किलो सुन पास हुँदा उनी विमानस्थलको सुरक्षा कमाण्ड सम्हाल्ने दोस्रो वरियताका अधिकारी दिए । खत्री हालसम्म पक्राउ परेका मध्येका उच्च अधिकारी हुन् । मुख्य अभियुक्तलाई भने अहिले सम्म पनि बाहिर ल्याइसकेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *