सुमी चाम्लिङको नयाँ गीत दुइ दिनमै ३० हजारले सुने युट्युवमा

असोज २४ काठमाडौ, पछिल्लो समयमा एक पछि अर्को हिट गीत बजारमा ल्याएकी गायिका सुमी चाम्लिङ्ले फेरि अर्को पुर्बेली लोक भाकाको गीत युट्युवमार्फत रिलिज गरेकी छिन् ।

लसमा लस नि लै मसला पिस्ने , लोहोरो सिलौटो, दुइ मन मिल्यो पिरती बस्यो के मान्नु अनौठो भन्ने गीतको बोल रहेको, लोकलयमा निर्मित शब्दलाई लोकआधुनिक शैलीमा गाइएको छ ।

डीपी खनालको शब्दलाई राजनराज शिवाकोटीले संगीत गरेका छन् । शाहस शाक्यको एरेन्ज रहेको गीतको अडियो भने चाम्लिङ इन्टरटेन्मेन्टमा निहित रहेको छ ।

म्युजिक भिडियोमा ह्यारी योञ्जन र पार्वती राईले अभिनय गरेका छन् । जसलाई युवा निर्देशक युगल पोमोले निर्देशन गरेका छन् । सार्वजानीक गरेको दुइ दिनमै ३० हजार भन्दा धेरैले युटुबमा हेरी सकेको छ ।

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस । https://www.youtube.com/watch?v=RpXgBsrmKpw

Leave a Reply

Your email address will not be published. Required fields are marked *