सुमी चाम्लिङ्गको,भिडियो हेर्ने लाख नाघे (भिडियो सहित)

सूचना खबर- गीत संगीत एउटा भाव सागर हो । यसले मान्छेलाई कहिले हँसाउछ कहिले रुवाउछ चाहे दुखमा होस् या सुखमा जीवनका हरेक मोडहरुमा संगीत सारथि बनि दिन्छ । गीत-संगीत मन नपराउने मान्छे, यो संसारमा सायदै नहोला । गीत गाउने रहर कसलाई पो हुदैन र ? तर सबैको रहर पनि कहाँ पुरा हुन्छ र ।भनिन्छ मान्छेमा कित कला हुनु पर्छ, कित गला हुनु पर्छ । तर भनेर मात्रै कहाँ पाइछ र ? यो संसारमा कमै भाग्यमानीहरु छन् कला र गला पाउनेहरु । तिनै भाग्यमानि मध्यकी एक हुन् गायिका सुमी चाम्लिङ्ग ।

पछिल्लो समयमा टिपिकल पूर्वेली लोकभाकाहरु गाएर चर्चामा रहेकी सुमी चाम्लिङ्गले गाँउघरको परिवेसलाई समेटेर तयार पारिएको गीत लसमा लस नि लै लै मसला पिस्ने, लोहोरो सिलौटो वोलको गीत बजारमा ल्याएकी छिन् । युट्युब मार्फत सार्वजनीक गरीएको छोटो समयमा नै एक लाख भन्दा धेरै पटक यो गीतको भिडियोलाई हेरी सकिएको छ । गाउँले भूमिकामा रहेकी नृत्यकार,मोडेल पार्वती राई र शहर बाट गाउँ घुम्न आएको मोडेल ह्यारी योञ्जन विच गाउँमै भेट हुन्छ भेट भए पछि दुइ जनाको मन मिल्छ त्यसरी मन मिले पछि पिरती बस्छ । त्यसैले त गीतको शब्दमा भनिएको छ दुइ मन मिल्यो पिरती बस्यो के मान्नु अनौठो ।
गाउँघरको निश्छल मान्छेहरु,स्वच्छ वातावरणलाई भुलेर शहर तिर आकर्षित भइरहेको यो समयमा गाउँघर, वन-जंगल डाँडा-पाखाको परिवेशलाई मनोमोहक तरिकाले यो गीतको भिडियोमा चित्रण गरिएको छ । त्यो डाँडा झ्याम्मै सल्लाको रुखले, देउराली सल्लैले, सुहायो भन्छन गलैमा मेरो कम्पनि मालैले भन्ने गीतको शब्द अनुसार सांस्कृतिक भेष-भुषालाई प्रयोग गरिएकोले यो भिडियो र गीत सफलताको अर्को पाटो बनेको छ । डिपि खनालको शब्द रचना,राजनराज सिवाकोटीको संगीत रहेको यो गीतमा युगल पोमोको भिडियो निर्देशन रहेको छ ।

सुमी चाम्लिङ्गको यो भन्दा अगाडि दिक्तेल बजार कान्छा दिक्तेल बजार, अर्काकी छोरीलाई नलाउ नजर भन्ने गीतले दशौ लाख स्रोता दर्शकहरुको माया पाएको थियो । त्यो गीतलाई आज पनि स्रोताहरुले उतिकै माया गरिरहेका छन् । त्यसपछि जबसम्म भन्ने एल्बमको शिर्ष गीत जबसम्म……..भन्ने बोलको गीत बाट बेस्ट फिमेल पप भोकल इमेज अवार्ड जितेकी सुमी चाम्लिङ्गले बोले पनि नबोले पनि भन्ने गीतमा मोडलिङ्ग पनि गरेकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *