सोलुकी अप्सरा “सुर्यास्त”मा डेब्यु गर्दै

अर्जुन काफ्ले / काठमाडौ – सोलुखुम्बुकी अप्सरा राई नेपाली रजतपटमा आउन लागेकी प्रतिभा हुन् । सुरुवातमै निर्माणाधिन चलचित्र सुर्यास्त मार्फत डेब्यु गरेकी अप्सरा अहिले अभिनय र नृत्य को प्रशिक्षण लीइरहेकी छिन् ।

काठमाडौको मैतिदेवीमा बस्दै आएकी उनी केहि समय पछि नेपाली चलचित्रमा नायिकाका रुपमा उदाउने भएकी छिन् । नेपाली रजतपटमा उडान भर्न लागेकी यी नव नायिकाको अभिनय रहेको चलचित्र हाल पोष्ट प्रोडक्सनका लागि तयार रहेको छ । सो चलचित्रमा अभिनयको डेब्यु गरे पनि अन्य चलचित्रमा

अभिनयका लागि पनि अफर आउन थालेको उनी बताउछिन् । अन्जु पन्त र शिब परियारका गीतमा मोडल बनिसकेको अप्सरा अंग प्रर्दशनका मामलामा पनि उदार छिन् । समाजमा पच्ने जति देखाउन कुनै आपत्ती नरहेको उनि बताउछिन् । परिवारले कला क्षेत्रमा लाग्दा साथ दिएको बताउने उनी पहिला क्यरियर अनि प्रेम र बिबाह भन्छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *