सोलुखुम्बुको तिङ्ला गाविसमा बिहान ९ बजेसम्म कसैले मतदान गरेनन्

सोलुखुम्बु,१० मंसिर- सोलुखुम्बुको साबिक तिङ्ला गाविसमा अहिले सम्म मतदान हुन सकेको छैन । स्थानीय निकाय पुनः संरचनामा चित्त नबुझेर आन्दोलनस्वरुप स्थानीय तह निर्वाचनमा मतदान नगरेका हुन् ।

तिङ्लामा रहेका पाँचवटै मतदान केन्द्रमा बिहान ९ बजेसम्म मतदानका लागि कोही पनि नपुगेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको हो । कर्मचारी मतपेटिका राखेर पूरा तयारीका साथ बसेका भए पनि बिहान ९ बजेसम्म कोही पनि मतदाता मतदानका लागि केन्द्रमा पुगेका छैनन् ।

यता, सोलुखुम्बुमा बिहान ७ बजेबाट नै शान्तिपूर्ण रुपमा मतदान शुरु भएको छ । जिल्लाका १२५ वटै मतदानस्थलमा शान्तिपूर्ण रुपमा मतदान कार्य शुरु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *