स्थानिय चुनावको मिति घोषणा गर्न प्रधानमन्त्रि तयार

माघ १९ काठमाडौ,प्रधानमन्त्री पुष्पकमल दाहल प्रचण्ड स्थानीय तहको चुनाव घोषणा गर्ने निर्णयमा पुगेका छन् । कुनै, कसैको दबाव परेन भने बिहीबार बस्ने मन्त्रिपरिषद बैठकबाट आगामी बैशाखमा स्थानीय तहको चुनाव गर्ने घोषणा हुँदैछ ।
बिहीबारको क्याबिनेटबाट स्थानीय तहको चुनाव घोषणा हुने,प्रधानमन्त्री कार्यालयको उच्च स्रोतले जनाएको छ,सोहीअनुसार तयारी थाल्न बिहीबार नै निर्वाचन आयोगलाई पत्र पठाईसकिएको छ ।

तर, विहीबारको क्याबिनेटले चुनाब हुने गतेचाँहि मधेसी मोर्चालाई सहमतिमा ल्याउन बाँकी नै रहेकाले नतोकिने बताईएको छ । चुनावको तयारीका लागि निर्वाचन आयोगलाई पत्र लेखिएपनि मितिको घोषणा भने आयोग र राजनीतिक दलसँग समझदारी गरेर केही सातापछि मात्रै तोकिने छ ।

बैशाख अन्तिम साता चुनाव गर्ने निर्णय गरिसकेपछि निर्वाचन आयोगले चुनावको तयारी गर्ने समय पाउने र यसवीचमा दलहरुवीच राजनीतिक सहमति जुटाउने प्रयास अघि बढाइने प्रधानमन्त्री प्रचण्डको योजना छ । सकेसम्म मधेसी मोर्चालाई सम्मानजनक विकल्प दिएरमात्रै चुनावमा जाने प्रधानमन्त्रीले प्रयास गरिरहेको बताईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *