स्थानीय तह अन्तरगत प्रदेश नम्बर १,५ र ७ मा आज निर्बाचन हुदै

काठमाडौं १४ असार –  स्थानीय तहको निर्वाचन अन्तर्गत दोस्रो चरणको आज प्रदेश नम्बर १, ५ र ७ मा मतदान भैरहेको छ । आज विहान ७ बजेदेखि अपरान्ह ५ बजेसम्म मतदानको समय तय गरिएको छ ।

आज ३५ जिल्लामा ३३४ स्थानीय तहमा हुने निर्वाचनका लागि चार हजार ५८१ मतदानस्थल र ८ हजार ३६४ मतदान केन्द्र तोकिएको छ । दोस्रो चरणको निर्वाचनको सुरक्षाका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र म्यादी प्रहरी गरि १ लाख ६३ हजार ८२३ जना सुरक्षाकर्मी परिचालन गरिएको जनाएको छ ।

३५ जिल्लाका १ महानगरपालिका, ७ उपमहानगरपालिका १ सय ११ नगरपालिका र २ सय १५ गाउँपालिकामा आज मतदान हुन लागेको हो । आजको निर्वाचनबाट १५ हजार ३८ पदाधिकारीलाई निर्वाचित हुनेछन् । निर्वाचनमा ६२ हजार ४ सय ८ उम्मेदवार चुनावी मैदानमा छन् । निर्वाचन आयोगकाअनुसार यी तीन प्रदेशमा ६४ लाख ३२ हजार ६५ मतदाता रहेका छन् ।

राष्ट्रिय जनता पार्टी र नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले निर्वाचन बहिष्कार गरेकाले सम्भावित घटना हुन नदिन aaj हुने निर्वाचनका लागि सुरक्षा ब्यवस्था अत्यन्तै कडा पारिएको गृह मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *