स्मृतिको पानामा पुष्पा ( यात्रा संस्मरण )-ईन्द्र जिजीबिषा

समय बेलुकिको करीब ५ बजेको थियो होला । सुर्यको किरण दिन भरिको रफ्तार पछाडि पारी छितिजमा ओझेल पर्दै गईरहेको थियो । त्यसैले काठमाडौंको नयाँ बसपार्क वाट लामो दुरिको बसहरु कोही हिडि सकेका थिए त कोही हिंड्नलाई हरन बजाइ रहेका थिए । कोही धरान, बिराटनगर त कोही पोखरा, महेन्द्र नगर भन्दै चिच्याइ रहेका थिए । मेरो त सधैं काठमाडौं धाउनु पर्ने, काठमाडौं त पानी पधेरो जस्तै बनेको थियो । यो पटक पनि एउटा कामले काठमाडौं गएर समयको केही अन्तराल पछाडि घर फिर्दै थिएँ । त्यसैले ५ बज्नु अगावै म बस पार्क पुगी सकेको थिएँ । चन्डेश्वरी प्रलिको खोटाङ यातायातले हिंड्ने संकेत गरी सकेकोले म आफ्नो पोको पुन्टुरो लिएर सिटमा बसेँ, मलाई यात्रा गर्दा सधैं एउटै चिन्ताले सताउने गर्छ त्यो हो सँगैको सिटमा कस्तो सहयात्री पर्ने हो भनेर । पकेटमार पर्ने हो कि जड्याहा ? यस्तै यस्तै कुराहरु मन भरी खेलाउदै थिएँ । संयोगबस, त्यो दिन एक जना बहिनी परेकी रहेछिन् । बस बिस्तारै थान्कोट तर्फ गूड्न थाल्यो ।

बहिनी कहाँ सम्म जाने होला ? औपचारिकता पुरा गर्दै उन्लाई सोधे ।
दिक्तेल हो ( अली लजाउदै बोली )
ए ……… म पनि त उतै तिर हो । अनी कहिले आउनु भएको थियो होला कुन्नी ?
अस्ती दसैं पछाडि ( छोटो उत्तर दिइन )
यहाँ के गर्दै हुनुहुन्छ त ?
फेरी उस्तै पारामा जवाफ फर्काईन संगीत सिक्दै छु ।
तपाईंको नाम के होला ?
पुष्पा – अली शंकालु नजर म तिर फर्काइन ।पुष्पाले मलाई सोध्दै नसोधी म आँफै उत्तर दिन थाले ।
ईन्द्र जिजीबिषा , घर उतै तिर हो म काठमाडौं आउने जाने गरी रहन्छु ।
यसरी कुराहरु चल्दै थियो, रात पनि क्रमश छिपिन्दै जादै थियो एक पटक बस तिर ध्यान केन्द्रित गरे बस आफ्नै रफ्तारमा गुडि रहेको थियो । क्रमश नौ बिसे , मलेखु मुग्लिन , दास ढुङ्गा पार गरी खाना खानको निम्ती राम नगरमा पुगेर घ्याच्च रोकियो ।
खलासी भाईले – ल ल सबै जना खाना खान झर्नुहोस् है
भने पछी खाना खानको निन्ती बस बाट झरेर अगाडिको होटेल तिर लाग्यौं । सरासर एउटा टेबुलमा गएर बस्यौं। अनी केही प्रसंग बिनाको कुराहरु गर्दै खाना खायौं । त्यसपछी फेरी आफ्नो गन्त्यब्य पुग्नलाई सुन्सान रातमा तछाड मछाडा गर्दै बेजोड्ले बस हुइकियो । नारायणघाट , टिकाउली , सौराहा , बकला टाडी , पर्सा , भण्डरा , लोथर , मनोहरा , सुनाचुरी , नवलपुर हुँदै बस हेटौंडा पुग्यो । सबै यात्रीहरु मस्त निन्द्रामा निदाइ रहेको थिए । तर हामीहरुलाई भने निन्द्रा भन्दा तितामिठा कुराहरु नै गज्जब थियो । हामी रातभरी नै गफै गफमा मस्त भयौं । मैले भने हेर्नुस् पुष्पा जी , संयोगले हाम्रो भेट भएछ, फेरी हाम्रो भेट हुन्छ कि हुँदैन, त्यो त म जान्दिन तर पनि जब सम्म म यो धर्तिमा जिबीत रहन्छु तब सम्म म यो यात्राका अबिश्मरणिय क्षणहरुलाई सम्झी रहने छु । प्रती उतरमा उन्ले भनिन हेर्नुहोस् सम्भब र असम्भब भन्ने कुराहरु मान्छेको चाहनामा भर पर्दछ । असम्भब कुरो पनि सम्भब बनाइ दिन्छ, यदी चाहना छ भने अवस्य भेट हुनेछ ।
यसरी कुराहरु चल्दै जादै थियो । बस आफ्नै पारामा दौडी रहेको थियो । क्रमश अंलेशगन्ज,आधामारा ब्यारेक,पथलैया, निचगढ,चन्द्रानीगाहपुर,बागमती,लाल्बन्दी,हरिवन,ढल्केबर र मिर्चैया हुँदै लाहान पुग्यो । यती बेला समय पनि बिहानको नौ बजी सकेको थियो । अनी ११ बजे तिर गाइघाट पुगेर बस घ्याच्च रोकियो । खाना खाने समय भई सकेकोले बोक्सेको एउटा होटेलमा खाना खाएर लामो पैदाल यात्रा शुरु गर्यौ ।
पुष्पा संगितमा बिशेष रुची राख्थिन र उन्को स्वर पनि वास्तबमै मिठो थियो । टोड्केको उकालोको जंगलमा पर्ने ढुङ्गा माथि पसेर गाएको गीत ` कती कुरा नभनेरनै मिठा मिठा मिठा हुन्छन । भनिएका कुरा बरु झुटा झुटा झुटा हुन्छन। भन्ने गीतले आज पनि उही पुष्पाको याद दिलाई रहन्छ । फेरी उन्ले त्यती बेला गाएको , तिमी सँग हारे मैले , तिम्लाई माया मारे मैले , जिन्दगानी जिउने शैली अब अन्तै सारे मैले भन्ने सत्यकला राईको गीतले आज मर्माहित बनाइ रहेको छ । त्यसरी लामो २ दिनको यात्रा पछाडि दिक्तेल पुग्यौ । के गर्ने भेट्नु त साह्रै मजा छुट्टीनु त त्यो भन्दा झन नमजा । जे जस्तो भए पनि हामी छुट्नै पर्ने थियो । नचाहेर पनि पुष्पालाइ मेरो घर लैजान सक्दिन थिए । त्यसैले पुष्पा त्यही एउटा होटेलमा बसिन, भोली पल्ट बादेल तिर लाग्ने सर्तमा । म भने लखर लखर मेरो घर तिर लागेँ।
त्यसरी छुट्टीएको पनि आज करिब १५ बर्ष भई सक्यो । यस् बिचमा न कहिल्यै फेरी भेट भयो न त खबर नै पाइयो । तर म उनलाई मिस गरी रहेको छु । उनी कहाँ होलिन कस्तो अवस्थामा होलिन ? के गर्दै होलिन ? केही थाहा छैन । तर जे भए पनि पुष्पालाइ दु:ख कस्ट केही नपरोस । उन्को जीवन सधैं खुशी रहोस् । म यही नै कामना गर्दछु ।

-ईन्द्र जिजीबिषा 

One thought on “स्मृतिको पानामा पुष्पा ( यात्रा संस्मरण )-ईन्द्र जिजीबिषा

Leave a Reply

Your email address will not be published.