स्वास्थ्य संस्थामा सुत्केरी हुने आमालाई प्रोत्साहन रकम

नवलपरासी, ६ पुस – नवलपरासीको नवलपुरमा रहेको हुप्सेकोट गाउँपालिकाले स्वास्थ्य संस्थामा सुत्केरी हुने आमालाई प्रोत्साहन रकम स्वरुप जनही ५ हजार दिन थालेको छ । स्वास्थ्य चौकी र अस्पतालमा सुत्केरी हुने आमालाई लक्षित गरी नमूना सुरक्षित मातृत्व कार्यक्रममार्फत उक्त रकम प्रदान गर्न शुरु गरिएको हो ।

गर्भवती महिला, सुत्केरी आमा र नवजात शिशुले अकालमा ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले स्वास्थ्य संस्थामा सुत्केरी हुने आमालाई गाउँपालिकाले प्रोत्साहनस्वरुप रकम दिन लागेको गाउँपालिकाका अध्यक्ष लक्ष्मी पाण्डेले बताएका छन् । यस कार्यक्रमले महिलालाई स्वास्थ्य संस्थामा नै गएर गर्भ जाँच गराउने र बच्चा जन्माउनुपर्छ भन्ने धारणालाई अभिप्रेरित गर्ने पाण्डेको भनाइ छ ।

ग्रामीण बस्ती भएकाले यहाँका महिलामा अझै पनि स्वाथ्य चौकीमा गएर बच्चा जन्माउनुपर्छ भन्नेसम्मको चेतना नहुँदा अकालमा आमा बच्चा दुवैको ज्यान गुमाउनु पर्ने अवस्था छ । यद्यपि अब यस क्षेत्रमा मातृशिशु मृत्युदरमा कमी ल्याउनका लागि गाउँपालिकाले यो कार्यक्रम सञ्चालन गरेको अध्यक्ष पाण्डेको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *