हङकङसँग ८३ रनले नेपाल पराजित

काठमाडौ २७ असोज – विश्व क्रिकेट लिग च्याम्पियनसिपमा नेपाल हङकङसँग ८३ रनले पराजित भएको छ । टस हारेर ब्याटिङ गरेको हङकङले ५० ओभरमा सबै विकेट गुमाउँदै १९४ रन बनाएको थियो ।

१९५ रनको लक्ष्य पाएको नेपाल ३४ ओभर ५ बलमा सबै विकेट गुमाउँदै १११ रन बनायो । नेपालका लागि कप्तान पारस खड्काले सर्वाधिक २६ रन बनाए ।
त्यस्तै उपकप्तान ज्ञानेन्द्र मल्ल २१ रन बनाउँदै पेभेलियन फर्किए । आरिफ शेख २३, विनोद भण्डारी १८, सोमपाल कामी ११ र सागर पुन र दीपेन्द्रसिंह ऐरी ३ रनमा आउट भए । सुशन भारीले १ रन बनाए भने वसन्त रेग्मी र करण केसीले खाता खोल्न सकेनन् ।

बलिङतर्फ भने नेपालका लागि सन्दिप लामिछानेले १० ओभरमा ४८ रन खर्चँदै ३ विकेट लिए । त्यस्तै करण केसी तथा बसन्त रेग्मीले दुई–दुई विकेट र सुशन भारीले एक विकेट लिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *