हरायो मानवता, बढ्यो अपराध-लेख : चन्द्री मोक्तान ‘खुशी’

chandri moktanलेख : चन्द्री मोक्तान ‘खुशी’
मानव जीवन अरु प्राणी भन्दा नितान्त भिन्न छ। सर्वश्रेष्ठ प्राणी पनि भनिन्छ तर परपूर्वकालमा र अहिलेसम्मको परिवेसलाई नियाल्दा निक्कै अन्तर छ। प्राचीनकालमा मान्छेहरु सत्यतामा विश्वास गर्दथे। जटिल र कठिन संघर्ष गरेर सफलता प्राप्त गर्दथे भने अहिले मान्छेले सत्यतालाई बिर्सिएर झुट र स्वार्थको तलाउमा चुर्लुम्म डुबेको छ । भ्रमको खेती गर्न अग्रपंक्तिमा लागिपरेका छन मान्छेहरु । बिना संघर्ष सफलता चाहन्छन् ।

प्राचीनकालमा वास्तविक ज्ञान र सफलताका निमित्त जीवन त्याग गरि कठिन संघर्ष ,ध्यान ,तपस्या गर्दथे। आफू भन्दा ठुला,मान्यजन,गुरुजनको आदर सत्कार गर्दथे भने अहिले एकआपसमा द्वन्द गरि जतिसक्दो आफू आफैमा मपाई बन्ने प्रचलन आएको छ । आफु भन्दा अग्रज ब्यक्तिलाई आदर गर्न चाहदैनन् किनकि समयको चक्र भुमरीमा गुरुजन,अग्रज,ठुला ब्यक्तिमा भन्दा युवाहरुमा बल बुद्धि जोस जागर अलि बढी हुने भएकोले उनिहरु घमण्ड गर्दछ र आफै सक्षम बन्न र भन्न रुचाउने गर्दछ।एक अर्कोमा खुट्टा तान्ने पछार्ने र तानिएको पछारिएको पिडामाथी खुशियालि मनाउने प्रविद्दी जारि छ।

प्रबिधिको विकास सँगै मान्छे अत्यधिक मात्रामा स्वार्थी ,अपराधी बन्न थालेको ऐना झैं छर्लङ्ग छ। यति सम्म निच भैसकेको छ कि आफ्नो रगतबाट बनेको सन्तानमाथि कुदृष्टि र कुब्यबहार गर्ने, जस्तै सुख भोगको लागि नाबालक छोराछोरीलाई आफ्नै बुबाले बलत्कार गरेको ,नातागोता,सम्बन्ध बिर्सिएर अनैतिक व्यवहार सम्बन्ध राख्ने, छोराछोरीलाई बलि चढाउने,बुबाआमाको हत्या गर्ने, जस्तो जघन्य अपराध बढ्दैछ ।

आखिर यो सब के का लागि ? एक पटक सोच्ने समय पनि छैन हामीलाई । नवौ महिना आमाको कोखमा रहेर अनेकौं यातना दिन्छौं र जन्म लिने समय आमाको प्राण सम्म लिन तैयार हुन्छौं ।मानौ हामी सन्तान कहाँसम्मको दैत्य रहेछ त,जन्म पश्चात पनि हामी सजिलो सँग हुर्केको बढेको हुँदैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *