हर्न बजाउने ४५० जना ट्राफिक कारवाहीमा

काठमाडौ ४ बैशाख,उपत्यकाभित्र जथाभावी हर्न बजाउनेलाई ट्राफिक प्रहरीले धमाधम कारवाही गरिरहेको छ। वैशाख १ गतेदेखि सुरु भएको हर्न निषेधित अभियान अन्तर्गत आइतबार मध्याह्नसम्म ४ सय ५० जनालाई ट्राफिक प्रहरीले कारबाही गरिसकेको छ।

नो हर्न क्षेत्र घोषणा भइसकेकाले अटेर गरेर हर्न बजाउनेलाई कारवाही गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाकाले बताएको छ । उनले भने, ‘हामो अभियान जारी छ। नो हर्नको उल्लङ्घन गरेर कारबाहीमा पर्नेको सङ्ख्या थपिँदै गएको छ।’ आइतबारमात्र प्रहरीले ४ सय १२ जनालाई कारबाही गरेको थियो।

कसैले नो हर्न नियमलाई अटेर गर्दै हर्न बजाएमा पहिलो पटक ट्राफिक प्रहरीले ५ सय रुपैयाँ, दोस्रो पटक १ हजार रुपैयाँ र तेस्रो पटकमा १५ सय रुपैयाँसम्म जरिवाना लाग्ने व्यवस्थागरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *