हलेसी आगलागी पिडितको सहयोगार्थ “तयामा खियामा सांगीतिक साँझ” हुने

काठमाडौ – राई किरातीम्मा गायन समुहको सांगीतिक कार्यक्रम हुने भएको छ । केहि समय अगाडि खोटाङ्ग जिल्लाको हलेसीमा भएको आगलागी पिडितहरुको सहयोगार्थ “तयामा खियामा सांगीतिक साँझ” कार्यक्रम गरिन लागेको किरातिम्मा गायन समुह मध्यकी एक गायिका राधा राईले बताएकी छन् ।

हलेसीमा भएको आगलागीमा ५ करोड ११ लाख १५ हजार बराबरको क्षति भएको थियो । आगलागी पिडितहरुको सहयोगार्थ रकम संकलन गर्न उक्त कार्यक्रम गरिन लागेको हो । कार्यक्रम माघ १६ गते ललितपुरको मानभवनस्थित क्रिष्टल बैङ्क्वेटमा हुने आयोजकले जनाएको छ ।

कार्यक्रममा गायिका सत्यकला राई,पार्वती राई, सरला राई, कला राई, मेनुका राई, बेनुका राई,राधा राई, निलम रोजु राई, तयाहाङ्ग्मा राई,ममता राई , जानुका राई र हास्यकलाकार पार्वन राई “राई बुढा” को प्रस्तुति रहने छ ।

दिउँसो २ बजेदेखि सुरुहुने उक्त कार्यक्रममा अहिले टिकट धमाधम बिक्रि भईरहेको र उक्त टिकट बिक्रि वापत संकलन हुने सम्पुर्ण रकम हलेसी आगलागी पिडितलाई प्रदान गरिने आयोजकले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *