हस्तबहादुर मल्लको घरमा प्रेस कुकर बम

काठमाडौ, १४ मंसिर- नेपाली कांग्रेस पार्टीबाट प्रतिनिधिसभाका उम्मेदवा एवं भूपु शिक्षा राज्यमन्त्री हस्तबहादुर मल्लको घरमा प्रेस कुकर बम राखिएको भेटिएको छ । छायाँनाथ रारा नगरपालिका-१ स्थित श्रीनगर छल्यालबाडा गाउँमा रहेको मल्लको घरको आगनमा ५ लिटरको प्रेस कुकरमा बम राखेको भेटिएको हो ।

प्रेसर कुकर बम भएको थाहा पाएपछि मल्लले सुरक्षाकर्मीलाई खबर गरेका थिए । खबर भएको दुई घण्टापछि मात्रै सुरक्षाकर्मी उनको घर पुगेका थिए । बम निष्क्रिय पार्न सेनाको टोली खटाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *