हाइटीमा आँधीका कारण २ सय ८३ जनाको मृत्यु

haiti stromअसोज २१ हाइटी, म्याथू नामक आँधीका कारण हाइटीमा २ सय ८३ जनाको मृत्यु भई सकेको सरकारी अधिकारीहरुले बताएका छन् ।

हाइटी र क्यूबापछि यो आँधी अब अमेरिकाको फ्लोरिडातर्फ अघि बढेको छ । विनाशकारी आँधीका कारण हाइटीको सबैभन्दा महत्वपूर्ण शहर जेरेमी पूर्ण रुपमा ध्वस्त भएको छ ।

दक्षिणी शहर सूदमा ३० हजार घरहरु तहसनहस भएका छन् । आँधीले विनाश मच्चाएपछि हाइटीमा राष्ट्रति चुनाव स्थगित भएको छ ।

हाइटीमा विनाश मच्चाएपछि यो आँधी अमेरिकाको फ्लोरिडामा पुगेको छ । त्यहाँ १२५ किलोमिटर प्रतिघन्टाको गतिमा हावा चलेको थियो । र, यो पछिल्लो १२ वर्षकै शक्तिशाली आँधी भएको बताइएको छ ।

आँधी आउने सक्ने भन्दै फ्लोरिडा राज्यका २० लाख भन्दा बढी मानिसहरुलाई सुरक्षित स्थानमा सारिएको छ । अमेरिकाको चार राज्यमा संकटकाल घोषणा गरी उद्धार टोली समेत तयारी अवस्थामा राखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *