हिजो पनि माया गर्दिनु भो आज पनि गर्दै हुनुहुन्छ भोलि पनि माया गर्दिनुहोस – राजकुमारी तामाङ

करिब एक दर्जन भन्दा बढि म्युजिक भिडियोमा अभिनय गरि सकेकि छन् सुन्दर कदकी मोडल राजकुमारी तामाङले । नुवाकोटको त्रिशुलीमा जन्मेकी उनी त्यही बालापन बिताउदै त्यही हुर्केकी हुन् । चर्चित गायक शिव परियारको”यो मधुरो रात”बोलको गीतबाट मोडलिङ्ग छेत्रमा होमिएकी उनि बिगत आठ बर्ष देखि दक्षिण कोरियालाई कर्म थलो बनाउदै मोड्लिङ्ग पेशालाई पनि अगाडी बढाई रहेकी छन् ।निकै सुन्दर कदकी मोडल राजकुमारी तामाङ फुर्सतको समयमा मोडलिङ्ग अलवा गीत-संगीत र नृत्यमा रुचि राख्छिन् ।कोरियामा एक पछि अर्को गर्दै अवसर पाई रहेकी उनी निकै ब्यस्त छिन् ।यी नै ब्यस्त सुन्दर कदकी मोडल राजकुमारी तामाङसङ्ग सरोज चेम्जोङले गरेको कुराकानी

नमस्ते आराम हुनुहुन्छ ?
नमस्कार,हजुर आरामै छु।

अनि आजभोलि के ब्यस्त हुनुहुन्छ ?
ब्यस्त भन्दा नि त्यति ब्यस्त छुईन फेरि फुर्सतमा छु भन्दा समयले कहिले पुग्दैन।प्राय जस्तो कामम नै बिजि हुन्छु अनि बचेको समय गित संगीत सुन्ने हेर्ने अनि सुटिङ भयो भने सुटिङ तिरै बिजि हुन्छु।

तपाईंले मोडलिङ पेशालाई कसरी अंगालनु भो ? राम्री भएरै हो ?
यो पेशा मन देखि नै मैले चाहेको पेशा हो,राम्री भएर मात्र होइन फेरि म त्यति राम्री पनि छैन (हे..हे…हे..लामो हासो) म सानै उमेरदेखी नै हिरो हिरोनीहरु देख्दा यस्तै बन्छु भनेर सोच राख्थे आज प्रवासमा रहेर भए पनि आफ्नो सपना पूरा गर्दै छु।

अनि भोलि नेपाल गएर मोड्लिङ पेशालाई नै निरन्तरता दिने सोचमा हुनुहुन्छ कि,कि अरु पेशा नै ?
यो संसारको कुनै पनि कुनामा पुगुँ म तर मोडलिङ पेशालाई त्याग्न सक्दिन,त्यसैले अवस्य पनि नेपालमा गएर अझ मेहेनत गरेर निरंतरता दिने छु।

कोरियाको कामको यति ब्यस्तताको वाजुत पनि कसरी समय मिलाउनु हुन्छ ? एक पछि अर्को गर्दै बाक्लो तपाईको म्युजिक भिडियोहरु हेर्न पाई रहेका छौ ?
माथी पनि सोध्नु भएको छ ब्यस्तताको कुरा मेरो समय त्यसरी नै बित्छ।

तपाईको बिचारमा जीवन के हो ?
सृष्टि कर्ताको अमुल्य उपहार जिउन तर सघर्ष पुर्ण हामीलाई केही देको हुदैन भगवानले शिर्फ पृथ्वीमा जन्म दिन्छ।हामी जन्मे देखि रुनुबाट संघर्ष गर्छौ सायद जिवन् नै सघर्ष हो बाँचुन्जेल सघर्ष गर्नु पर्छ।मैले पनि यहाँसम्म आउन धेरै सघर्ष गरेको छु।अरुको ठाउँमा आएर आफ्नो सपना पूरा गर्दै छु।मलाई लाग्छ सघर्ष नै जीवन हो।सघर्ष नगरी लक्ष्यमा पुगिन्दैन।

अन्तमा तपाईं दर्शकलाई के भन्न चाहनु हुन्छ ?
सर्बप्रथम तपाईलाई धेरै-धेरै धन्यवाद आफ्नो कुरा हरु राख्ने अवसर दिनु भएकोमा र जसरी हिजो पनि माया गर्दिनु भो आज पनि गर्दै हुनुहुन्छ,भोलि पनि यसरी नै माया गर्दिनु होस तपाईहरुको साथ र मायालाई नै यहाँ सम्म आए अझ अगाडी बढ्न तपाईहरुको साथको ठुलो खाँचो छ त्यसैले सदैब माया गर्दिनुहोस र तपाइहरुको सधैं ऋणी छु चुक्ता गर्न नसके नि सबैलाई धेरै धेरै धन्यवाद दिन चाहन छु।

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *