हिमालय एअरलाइन्सको शुक्रबारदेखि काठमाडौं–क्वालालम्पुर सिधा उडान सुरु

माघ २८ काठमाडौ,हिमालय एअरलाइन्सले शुक्रबारदेखि काठमाडौं–क्वालालम्पुर सिधा उडान सुरु गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिहान भएको कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनबहादुर शाहीले प्रथम उडान सेवाको शुभारम्भ गरेका हुन् ।

उडानबाट मन्त्री शाही, मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने, नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतम, नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशी, मलेसियाली राजदूतावासका कार्यवाहक प्रमुख फादिल इस्माइल लगायत २० जनाको उच्चस्तरीय प्रतिनिधिमण्डल मलेसियाली राजधानी क्वालालामपुर प्रस्थान गरेको छ ।

नेपाली प्रतिनिधिमण्डलले शुक्रबार साँझ क्वालालम्पुरमा आयोजना हुने विशेष समारोहमा नेपालमा लगानीका अवसर, पर्यटन प्रवद्र्धनका सम्बन्धमा जानकारी दिने कार्यक्रम छ । काठमाडौं–क्वालालम्पुर दुईतर्फी यात्राका लागि करबाहेक २५ हजार तीनसय ७५ रुपैयाँ तिर्नुपर्ने कम्पनीले जनाएको छ । यो विमान सेवाले कतारको दोहा, श्रीलङ्काको कोलम्बो उडान थालिसकेको छ भने आउँदो १३ गतेदेखि बर्मामा पनि काठमाडौंबाट सिधा उडान गर्ने जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *