‘हिरोज’ को च्यारिटी शोबाट बाढीपिडितलार्इ सहयोग

काठमाडौं – झापाका बाढीपिडितको सहयोगार्थ चलचित्र ‘हिरोज’ को च्यारिटी शो भएको छ । झापा गाउँपालिका वडा नं। २ बढागाउँका १ सय ५० बाढीपिडितलाई राहत संकलन सहयोगार्थ मंसिर २ गते शनिबार सिद्धार्थ हल बौद्धमा शो भएको हो । च्यारिटी शोबाट ७० प्रतिशत रकम संकलन गर्न सफल भएको निर्मता तथा नायिका पूर्णिमा लामाले जानकारी दिइन् ।

जयलक्ष्मी फिल्मस् प्रा।लि।का अध्यक्ष एवं सो फिल्मका निर्माता समेत रहेका नायिका पूर्णिमासँगको भेटमा यसअघि झापामा बाढीले क्षति पुर्याएको केही दिनपछि नै आफुले लत्ताकपडा लगायत विभिन्न सामग्री वितरण गरिएको बताइन् ।

औपचारिक कार्यक्रमपाश्चत च्यारिटी शो भएको हो । कार्यक्रममा माननीय रक्षामन्त्री भीमसेन दासको प्रमुख अतिथ्यतामा भएको थियो । रक्षामन्त्री दासले यस्तो सामाजिक कार्य गरेकोमा नायिका पुर्णीमा लगायत फिल्मको टिमलार्इ धन्यवाद दिएका थिए ।

च्यारिटी शोमार्फत ‍‍‌सङ्कलन हुने रकमले बाढीपिडितका लागि कम्बल खरिद गरी वितरण गरिने नायिका लामाले बताइन् । हिँउद सुरु भएसँगै जाडो पनि बढ्दै गएकाले बाढीपिडितलाई कम्बल वितरणको योजना बनाएको चलचित्र युनिटको भनाइ छ । यसका साथै अन्य घरायसी सामान पनि वितरण गरिने बताए ।

नेपालमा भने प्रदर्शनको मिति कुरिरहेको यो चलचित्रले आगामी फागुन या चैतमा प्रदर्शनको तयारी गरिरहेको छ । एनबी महर्जनको निर्देशन रहेको चलचित्रमा पूर्णिमाका साथै संजोग राणा, मुकेश ढकाल, करिश्मा मानन्धर, जय किशन बस्नेत, दिल कृष्ण श्रेष्ठ लगायतका कलाकारहरुको प्रमुख अभिनय रहेको छ ।

चलचित्र नारी प्रधान कथामा आधारित रहेको नायिका पुर्णीमाले बताइन् । चलचित्रमा सञ्जोग राणाको कथा, शंकर महर्जनको द्वन्द, शिव ढकाल, रामशरण उप्रेतीको छायाँङ्कन र कृष्ण आचार्यको स्क्रिनप्ले रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *