हेमन्त रानाले गाएको “साईली”भन्दा धेरैको मन रुवाउने भयो अमृता लिम्बुले गाएको “साईला”ले (गीत सहित)

ईन्द्र जिजीबिषा-काठमाडौ १५ चैत्र, केही समय अगाडि सार्वजनिक भएको गीत “साईला”ले धेरै परदेशीएकाहरुको मन जिते पछि साइलीको मन पनि थामिएन । साईलाले परदेशमा भोग्दै गरेको पिडा अनि घरदेशमा बिताएका पल-पलहरु सम्झिएर बिरह पोखेपछि साईलीको मन पनि पोखिएर छताछुल्ल भयो ।

त्यहि साईला संग भोगेका वियोगान्त पलहरुलाई गायिका अमृता लिम्बुले गीत मार्फत सार्वजनिक गरेकी छिन् । संगै खाने, संगै हिड्ने, संगै बस्ने रहर हुदाहुदै पनि, बाध्यताले परदेशिएका लाखौ प्रेमीहरु, लाखौ जीवन साथीहरुको सम्झनामा घरदेशमा पीडाले छटपटाउदै बाँच्दै गर्दा, “साईलाले चालिस बर्ष काटेपछि मात्रै संगै खाँउला, संगै बसौला है साईली” ? भनेपछि भक्कानिएका गायक जिविहाङ रार्इले शब्द कोरेपछि गायिका अमृता लिम्बुले उक्त गीतमा स्वर भरेकी छिन् ।

यो गीतलाई गायक जिबिहाङ्ग राईले नै लयबद्ध पनि गरेका हुन् । यो गीतलाई राजु कार्कीले एरेन्ज गरेका छन् भने,विप्लव अधिकारीले रेकर्ड गरेका हुन् । यसको निर्माता गणेश राई रहेका छन् ।

गीत सुन्नलाई यहाँ क्लिक गर्नुहोला

Leave a Reply

Your email address will not be published. Required fields are marked *