१०६ स्थानमा जिते संगै अहिले सम्म एमाले अगाडी, कांग्रेस पछ्याउदै

काठमाडौं १९ असार- दोस्रो चरणको निर्वाचनको ३३४ तहमध्ये २४२ तहको अन्तिम नतिजा सार्वजनिक भएको छ । अहिलेसम्मको नतिजाअनुसार एमालेले सबैभन्दा धेरै १०६ तहमा विजयी भएको छ भने ४२ स्थानमा अग्रता कायम राखेको छ ।

नेपाली कांग्रेस ९३ तहमा विजयी हुँदै ३६ तहमा अग्रता लिइरहेको छ। यता माओवादी केन्द्र ३२ तहमा विजयी हुँदा ७ मा अग्रता लिइरहेको छ ।

त्यस्तै संघीय समाजवादीले ५, नेपाल लोकतान्त्रिकले ३, राष्ट्रिय जनमोर्चा २, राप्रपाले १ तथा स्वतन्त्रले १ तहमा जित हासिल गरेका छन् । हाल ९१ स्थानीय तहको मतगणना कार्य जारी छ भने ६ स्थानीय तहमा स्थगित भएको मतगणना विभिन्न विवादले रोकिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *