२७ बर्षपछी नागपञ्चमी र जनै पुर्णिमा एकैदिन

काठमाडौँ १३ साउन- २७ बर्षपछी नागपञ्चमी र जनै पुर्णिमा एकैदिन मनाईएको छ । तिथिमिति अनुसार आज साउन शुक्ल पञ्चमी नागपञ्चमी हो। तर, साउन शुक्ल पूर्णिमाका दिन मनाइने जनैपूर्णिमा पनि आजै मनाइएको छ।
साउन शुक्ल पूर्णिका दिन खण्डग्रास चन्द्रग्रहण परेकाले साउन शुक्ल पञ्चमी (नागपञ्चमी)का दिन नै रक्षाबन्धन र नयाँ जनै फेरिएको हो।

नेपाल पञ्चाङ्ग निर्णयक समितिले चन्द्रग्रहण परेकाले नागपञ्चमीका दिन नै ऋषितर्पणी, रक्षाबन्धन र सवै उपकर्मका लागि उपयुक्त तिथि रहेको जनाएको छ। यसअघि पनि बि.सं. १९६३, १९८२, २०२८ र २०४७ मा जनैपूर्णिमाका दिन ग्रहण परेकाले नागपञ्चमीका दिन नै नयाँ जनै फेर्ने, रक्षाबन्धन गर्ने उपकर्म गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *