३२ जिल्लाका ३७ निर्वाचन क्षेत्रमा शान्तिपूर्ण मतदान हुदै

काठमाडौं, १० मंसिर – पहिलो चरण अन्तर्गत प्रतिनिधिसभा तथा प्रदेशसभाको चुनाव ३२ जिल्लाका ३७ निर्वाचन क्षेत्रमा आज बिहान ७ बजेदेखि शान्तिपूर्ण वातावरणमा निर्वाचन प्रक्रिया चलिरहेको निर्वाचन आयोगले जनाएको छ ।

निवर्तमान सभामुख ओनसरी घर्ती र माओवादी नेता तथा पूर्व अर्थमन्त्री वर्षमान पुनले मतदान गर्नुभएको छ । उहाँहरु दुबैले रोल्पाको लिवाङ नगरपालिका ७ को बाल उदय मावि मतदान केन्द्र माडिचौरमा मतदान गर्नुभएको हो ।

त्यस्तै माओवादी नेता अग्नीप्रसाद सापकोटाले सिन्धुपाल्चोक १ को चौतारा साँगाचोकगढी नगरपालिका –४, को पञ्चकन्या माध्यमिक विद्यालयबाट मतदान गर्नुभएको हो ।

त्यस्तै सर्वाधिक चर्चामा रहेको गोरखा क्षेत्र नम्बर दुइबाट उम्मेदवार रहेका माओवादी नेता नारायणकाजी श्रेष्ठले सिरानचोक गाउँपालिका ८ को जौबारी मतदान केन्द्रबाट मतदान गर्नुभएको छ ।

Leave a Reply

Your email address will not be published.

Live Updates COVID-19 CASES