४० दिनकाे शिशु भ्यानटिलेटरमा आर्थिक संकटका काण उपचारमा समश्या

जाेरपाटी, काठमाडाैँ । खाेटाङ मंगटार हलेसी तुवाचुङ नगरपालिका -०६ स्थाई घर भएका शैलेश राई हाल जाेरपाटि बेशी गाँउ बस्दै आएका छन् ।

अहिले उनका ४० दिनका शिशु बालक मेडिकल कलेज अत्तरखेलमा उपचारर्त अवश्थामा छन् शैलेशका श्रीमती ख्यामाे राईकाे गर्व अवश्थाकाे बेला सुगर र प्रेसरका कारण उनकाे अपरेसन गर्न परेकाे उनका श्रीमान् शैलेशले जानकारी गराए ।

शिशुलाई १३ दिन सम्म भ्यानटिलेटरमा र ८ दिन आइसियुमा राखिएकाे छ। भ्यानटिलेटरमा प्रति दिन १० हजारका दरले खर्च र अाैषधिकाे खर्च १५-१८ हजार सम्म हुने गरेकाे राईले भने ।

म जाेरपार्टि वेशीगाँउमा सानाे ब्यावसाय गर्दै आएकाे थिए तर काेभिडका कारण मेराे ब्यवसाय बन्द भएकाे छ। आम्दानीकाे स्राेत सबै बन्द भएकाे उनले बताए ।

आजकाे दिन सम्म आइपुग्दा संम्म करिव ५ लाख भन्दा बढि खर्च भैसकेकाे र सबै आफ्नत र बिभिन्न संघ संथाले सहयाेग गर्नु भएकाे छ। सबै सँगकाे सहयाेग र ऋण माग्दा माग्दा हामिलाई अबत ऋण पत्याउन पनि छाडिसके उनले भने ।

अहिले यस मेडिकल कलेजमा बाँकी एक लाख ५० हजार तिर्नकाे लागि एक हप्ताकाे समय थप गरेकाे छु । बाँकी पैसा काँहाबाट ल्याउने भन्ने मेराे पिडाकाे बिषय बनेकाे छ।

शिशुका पिता शैलेश राईले सबैसँग आग्रह गरेका छन् यदि हजुरहरुकाे सानाे सहयाेगले मेराे छाेराकाे उपचार हुने थियाे भनेका छन्। सपर्क नं. +९७७ ९८६२८१३९९५ मा सपर्क गरी बिरामिका परिवारलाई सिधै संम्पर्क गरेन सकिने छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *