४० लाख हिनामिना गरेको आरोपमा सिभिल बैंकका कर्मचारी पक्राउ

काठमाडौं २४ पुस- सिभिल बैंक बौद्ध शाखाका एक जना कर्मचारी ४० लाख रुपैयाँ हिनामिना गरेको आरोपमा पक्राउ गरेका छन् । केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) को टोलीले एसटु एसिस्टेन्ट पदमा कार्यरत् महेश्वर डंगोललाई पक्राउ गरेको हो ।

प्रहरी स्रोतको अनुसार बैंकले दिएको उजुरीको आधारमा उनलाई पक्राउ गरिएको हाे। बैंकिङ कसुर अन्तरगत मुद्दा चलाइ उनीमाथि थप अनुसन्धान भइरहेको बताईएको छ ।

प्रहरीको प्रारम्भिक अनुसन्धानबाट डंगोलले इन्टरनेट बैंकिङमार्फत उक्त रकम आफ्नो खातामा जम्मा लगाएको खुलेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *