५० हजार नगद सहितको “द राईजिङ्ग स्टार-३” बैशाख २ गते आयोजना हुने

काठमाडौ १३ चैत्र, बिगत केहि बर्ष देखि संचालन हुदै आएको “द राईजिङ्ग स्टार” को तेस्रो शृंखला क्रियटिभ वर्ल्ड नेपालको आयोजनामा हुने भएको छ । “बालबालिका भित्रको प्रतिभा,वौद्धिक क्षमता र सुन्दरता उजागर गर्ने राईजिङ स्टारको विशेषता” भन्ने मूल नाराका साथ यो कार्यक्रम २०७४ साल बैशाख २ गते काठमाडौं स्थित प्रज्ञा भवनको प्रेक्षालयमा कार्यक्रमको आयोजना गरि वर्षको स्टार घोषणा गरिने बताईएको छ ।

shantiram
फाईल-फोटो

“आजका बालबालिकाहरु नै भोलीका सुन्दर देश निर्माण गर्ने राष्ट्रनिर्माताहरु हुन् । यो देशलाई सुन्दर बनाउने जिम्मा उनीहरुकै काँधमा छ । राजनीतिक,साँस्कृतिक,आर्थिक,सामाजिक र शैक्षिकरुपले यो देश सम्मुनत हुनुपर्छ भन्ने हाम्रो सोचाई हो । हाम्रा यी सोचाईहरुलाई वास्तविकतामा परिणत गर्ने दायित्व आजका यीनै बालबालिकाहरुको काँधमा आईलागेको छ । त्यसैले यी बालबालिकाहरुलाई उचित प्रशिक्षण, उचित शिक्षा, उचित सल्लाह दिनुपर्ने जिम्मा तपाई हाम्रो पनि हो । हामी यो कार्यक्रमबाट उनीहरुलाई यही कुराद्धारा दिक्षित गराउने छौं । कला, साहित्य, संगीत, नृत्य, समाजसेवा जस्ता कुरा, राष्ट्रनिर्माणका महत्वपूर्ण अंगहरु हुन् । हाम्रा भाई बहिनीहरु यी कुराहरुमा अत्यन्तै सवल होऊन् र राष्ट्रलाई यी कुराहरुको माध्यमबाट सक्षम बनाउन सकुन भन्ने हामी चाहन्छौं” भनेर “द राईजिङ्ग स्टारका प्रबन्ध निर्देशक शान्तिराम राईले सूचना खबरलाई बताएको छ ।

यो कार्यक्रममा काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाका विभिन्न विद्यालयमा अध्ययनरत कक्षा २ देखी १० सम्मका जम्मा ७५ जना प्रतिभाशाली बालबालिकाहरुको सहभागीता रहने छन् । दुई चरणमा गरिएको अडिसनबाट ३५० भन्दा बढी विद्यार्थीहरु मध्ये ७५ जना बालबालिका अन्तिम चरणका लागि छानिएका थिए । अन्तिम चरणका यी प्रतिश्पर्धीहरुलाई बरिष्ठ कोरीयोग्राफर एवं नृत्यनिर्देशक किरात बिन्द्रले तालिम दिनेछ भने सो अवधिमा नेपालका ख्याति प्राप्त विभिन्न क्षेत्रका व्यक्तित्वहरुबाट विशेष प्रशिक्षण गराईने “द राईजिङ्ग स्टारका प्रबन्ध निर्देशक शान्तिराम राईले हामीलाई बताएको छ ।

shantiram the rising nepal
फाईल-फोटो

यस कार्यक्रमको बिजेताले नगद रु ५०,००० सहित ट्रफि र आकर्षक उपहारहरु पाउनेछ । फस्ट रनरअप र सेकेण्ड रनरअपले ट्रफि र उपहारहरु पाउनेछन् । भने थुप्रै सवटाईटल अवार्डहरु पनि पाउने छन् । विजेताहरुलाई विदेशमा हुने अन्तराष्ट्रिय पेजेन्टमा पनि सहभागी गराईने जनाईएको छ ।

होलीगार्डेन स्कुलकी अनुष्का मानन्धर गतसालको “द राईजिङ्ग स्टार” हुन् भने, जेम्स स्कुलकी स्मेरा सिंले पहिलो सिजनको ताज जितिसकेकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *