७४४ स्थानीय तह आजै बाट देशै भर लागूहुने

फागुन २७ काठमाडौ,स्थानीय विकास मन्त्री कमल थापाले गाउँ विकास समितिहरुको संरचना आजैदेखि भंग भएको घोषणा गरेको छ । स्थानीय विकास मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गरी गाविस संरचनाहरु भंग भएको स्थानिय विकासमन्त्री कमल थापाले घोषणा गरेका हुन् ।

राजपत्रमा ७४४ वटा स्थानीय तहको संरचना प्रकाशित भइसकेकोले, अब गाउँपालिकाहरु बाट सम्पुर्ण कार्यहरु हुने, स्थानिय विकासमन्त्री कमल थापाले बताएका छन् । यसअघिका गाविसहरु वडामा सीमित भएका छन् । गाउँपालिकाको तत्काल न्यूनतम बजेट एक करोड रुपैयाँ हुने बताईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *