९१ जना सवार रहेको रुसी सैन्य विमान वेपत्ता

पौष १० रसिया, रुसी रक्षा मन्त्रालयका अनुसार ९१ जना सवार रहेको रुसी सैन्य विमान वेपत्ता भएको छ ।

सोचीबाट उडेको टीयू-१५४ विमान काला सागरमाथि पुगेलगत्तै राडरबाट सम्पर्क विच्छेद भएको छ । विमान उडेको २० मिनेटमा नै वेपत्ता भएको हो । यो विमान सिरियाका लागि उडेको भनिए पनि औपचारिक पुष्टि हुन सकेको छैन ।

अहिले यो समाचार तयार बनाउँदा सम्म विमानको खोजी कार्य जारी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *