अनमोल केसीले “कृ” को नयाँ गीत छायांकनको लागि स्कटल्याण्ड जादै

काठमाडौ- यो बर्षको बहुप्रतिक्षित चलचित्र “कृ” को पर्खाई धेरैलाई छ । देशभर चलचित्रको औधि नै चर्चा छ । चलचित्रमा युवा स्टार अनमोल केसीको मुख्य भूमिका रहेको हुँदा पनि चलचित्र चर्चामा हुनु स्वाभाविक मानिन्छ । करिब डेढ बर्षपछि उनि पर्दामा आउदैछन् यसै कारण पनि चलचित्र “कृ” लाई लिएर दर्शकमाझ धेरै नै उत्सुकता छ । तर हालै चलचित्रको बिषयमा एउटा खुलासा भएको छ । चलचित्रको एउटा गीतको छायांकन हुन बाँकी रहेको कुरा मिडियामा आएको छ । नायक अनमोल केसीले अब छिट्टै आफु “कृ” को नयाँ गीतको छायांकनको लागि स्कटल्याण्ड जान लागेको बताएका छन् । यस अनुसार चलचित्र अझ बढी रोमान्चक हुने देखिन्छ । स्कटल्याण्डको दृश्यबाट अहिले धेरै चलचित्र निर्माण पक्ष प्रभावित भएको देखिन्छ । स्कटल्याण्डको छायांकनले पक्कै पनि चलचित्र “कृ” मा थप नया कुरा थप्ने आशा राख्न सकिन्छ ।

केहि समय अगाडी मात्र निर्देशक मिलन चाम्सद्वारा निर्देशित अर्को बहुप्रतिक्षित चलचित्र “लिलिबिली” को पनि छायांकन स्कटल्याण्डमा नै भएर नेपाल आएको थियो । अनि त्यसपछि अहिले चलचित्र “कृ” पनि स्कटल्याण्ड जादै छ । चलचित्रको “लिलिबिली” को पहिलो गीत पनि सार्वजनिक भईसकेको छ जसमा स्कटल्याण्डको रमणीय र लोभ लाग्दा दृश्यहरुको मिश्रण रहेको छ । गीतले यति बेला ११ लाख माथिको भ्युज पनि प्राप्त गरिसकेको छ र गीत यति बेला युटुबको ट्रेनडीङ १ मा समेत पर्न सफल भएको छ । यसरी “लिलिबिली” पछि छायांकनको लागि स्कटल्याण्ड जान लागेको “कृ” दोस्रो चलचित्र हो । एक हिसाबले हेर्ने हो भने कृ ले लिलिबिलीलाई पछ्याएको पनि देखिन्छ ।

तर राम्रो कामको लागि कुनै एक नेपाली चलचित्रले अर्को चलचित्रलाई पछ्याउनु राम्रो पनि हो । तर नेपालीहरुले अवश्य पनि केहि नयाँ नै हेर्न खोजेको हुन्छन् । त्यसकारण देखासेकी र पछ्याउदा पनि अरु भन्दा फरक र नयाँ कुरा पेश गर्न सक्यो भने चाही पक्कै पनि यो नेपाली चलचित्र क्षेत्र र नेपाली दर्शकहरुको लागि पनि उत्कृष्ट काम साबित हुनेछ । यस बिषयमा नेपाली चलचित्र निर्माण पक्षले अवश्य पनि ध्यान दिनु जरुरी छ किन भने नेपाली दर्शकहरुले कस्तो हेर्न चाहेका छन् र कसरी दर्शकहरुको मन खुशी पार्न सकिन्छ भन्ने कुराको नेपाली चलचित्र सफल हुनुको ठुलो कारण हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *