अनिता यादव एमाले प्रवेश

काठमाडौ ४ असार-माहन्थ ठाकुरले नेतृत्व गरेको पूर्ववर्ती पार्टी तराई मधेस लोकतान्त्रिक पार्टीकी प्रभावशाली नेता कोषाध्यक्ष अनिता यादव आइतबार एमाले प्रवेश गरेकी छिन् । एमाले मुख्यालय धुम्बाराहीमा आयोजित समारोहमा यादवलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी प्रवेश गराएका हुन् ।

एमाले प्रवेश गरेकी राजपा कोषाध्यक्ष यादव मधेसमा लोकप्रिय नेता मानिएका स्व कृष्णदेव यादवकी पत्नी हुन् । सवारी दुर्घटनामा कृष्णदेवको निधन भएपछि तमलोपा हुँदै राजपाको कोषाध्यक्ष बनेकी अनिता संविधानसभाको गत चुनावमा तत्कालीन राष्ट्रपति रामवरण यादवका छोरा चन्द्रमोहन यादवसँग थोरै मतान्तरले पराजित भएकी थिइन् ।

केही समय अघि राजपाका सहमहामन्त्री समिम मिया अन्सारी पनि एमाले प्रवेश गरेका थिए । पछिल्लो पटक तराई मधेसमा विभिन्न पार्टीका केन्द्रीय र जिल्ला तहका नेता तथा पूर्व सांसदहरुको एमाले प्रवेश गर्ने क्रम बढेको छ । ओलीले यादवलाई पार्टीमा स्वागत गर्दै एमाले विरुद्ध चलाईको भ्रम तराई मधेसमा हट्दै गएको र मधेसका जनताले आफ्नो हित गर्ने पार्टी एमाले हो भन्ने चिनेको वताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *