अपहरणमा परेका विरबहादुर ४० घण्टा पछि अपहरण मुक्त

रोल्पा १ असोज – अपहरणमा परेका रोल्पाको थवाङ गाउँपालिकाका अध्यक्ष बिरबहादुर घर्ती ४० घण्टापछि सकुसल अपहरणमुक्त भएका छन् । नेत्रबिक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको अपहरणमा परेका नव निर्वाचित थवाङ गाउँपालिका प्रमुख बिरबहादुर शनिबार राति करिब ९ बजेतिर अपहरणमुक्त भएका हुन् ।

विप्लवका कार्यकर्ताहरुले अध्यक्ष घर्तीलाई स्थानीय पत्रकारको रोहवरमा अपहरणमुक्त गरेका हुन् । रोल्पा नगरपालिका १० धवाङ भनभनेबाट घर्तीलाई पत्रकारको जिम्मा लगाइएको हो ।

अपहरणमुक्त भएका घर्ती राति ११ बजे स्थानीय प्रशासनको सम्पर्कमा आएका थिए । अपहरणमुक्त भएका घर्तीले थवाङबाट अपहरण गरी आफूलाई जंगलको बाटो पहाडै पहाड दिनरात हिडाएर धवाङको भनभने ल्याएको बताए । अपहरणकारीले आफूलाई गाउँपालिकाको अध्यक्षबाट राजीनामा दिन पनि दवाव दिएको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *