अबको राष्ट्रिय पार्टि ६ दल मात्रै रहने

काठमाडौं, २५ मंसिर – अब नेपालको राजनीतिमा ६ दल मात्रै रहने भएको छ । प्रत्यक्षमा एक सीट जितेर देशभर खसेको मतको ३ प्रतिशत ल्याउन नसक्ने पार्टी राष्ट्रिय पार्टीमा दर्ता नहुने भएकाले अब ६ दल मात्रै राष्ट्रिय पार्टि हुने भएको हो ।

प्रत्यक्षमा १ सिट जितेपनि खसेको कुल मतको थ्रेस होल्ड ३ प्रतिशत नकटाएमा पाटीबाट जिते पनि स्वतन्त्र सांसद हुने छन् । त्यसमा सबैभन्दा पुरानो राजनीतिक पार्टी नेमकिपा, राष्ट्रिय जनमोर्चा र नयाँ शक्ति पार्टीका सांसद पनि स्वतन्त्र हुने संभावना छ ।

अबको संसदमा ६ दल एमाले,माओवादी केन्द्र,नेपाली कांग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टि, राष्ट्रिय जनता पार्टि,संघिय समाजवादी पार्टि र राष्ट्रिय प्रजातन्त्र पार्टि मात्रै राष्ट्रिय दलको रुपमा रहने भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *