अब सबै ट्याक्सीमा कम्प्युटराइज्ड बिलिङ मेसिन जोडिने

पौष २१ काठमाडौ, अब सबै ट्याक्सीमा कम्प्युटराइज्ड बिलिङ मेसिन जोडिने भएको छ । नापतौल तथा गुणस्तर विभागले साउनको पहिलो साता लाग्दासम्म सबै ट्याक्सीको मिटरमा कम्प्युपराज्ड बिल प्रिन्टर जोडिसक्ने गरी तालिका सार्वजनिक गरेको छ ।

तर बिलिङ सिस्टम जडान नगर्ने ट्याक्सीको मिटर भने नवीकरण गरिनेछैन । अहिले दैनिक सरदर २० देखि २५ वटा ट्याक्सीले मात्रै मिटर नवीकरण गरिरहेका छन् । ट्याक्सी नामसारी गर्दासमेत अनिवार्य प्रिन्टरजडित मिटर हुनै पर्ने ब्यवस्था गरिएको छ । तोकेको नम्बर प्लेटका ट्याक्सीले तोकिएको साताभित्र आएर कम्प्युटराइज्ड बिलिङ सिस्टम दर्ता गराइसक्नुपर्नेछ ।

कम्प्युटराइज्ड बिलिङ सिस्टम जोडिएपछि यात्रुले ट्याक्सीमा यात्रा गरेपछि प्रिन्टेड बिल प्राप्त गर्नेछन् । जसमा यात्रुले तिर्नुपर्ने शुल्क र यात्रा गरेको दूरीसहित विभिन्न विवरणहरु उल्लेख हुनेछन् । ट्याक्सीवालाको गाडी धनी, ट्याक्सी नम्बर, टेलिफोन नम्बरसहितका विवरण पनि हुनेछन् । अब ट्याक्सीमा समान छुटे पनि यात्रुले सजिलै भेट्टाउन सक्नेछन् । मिटरमा प्रिन्टर जडान गर्दा पाँच हजारदेखि ८ हजारसम्म खर्च लाग्नेछ । बजारमा यो प्रिन्टर किन्न पाइन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *