अब सवारी साधनले दायाँ मोड्न नपाउने, स्कुल बस र भेनहरु पनि अफिस समयमा गुड्न नपाउने

traficमंसिर १९ काठमाडौ,अब सडकमा सवारी चलाउदा दायाँ तर्फ मोडिनु नपाईने भएको छ । अब लेन अनुशासनलाई थप कडाइ गर्न सवारीलाई जथाभावी दायाँतर्फ मोड्न बन्द गर्ने निर्णय भएको हो । अहिले सवारी गइरहेको साइड भन्दा पारिपट्टीको बाटो प्रयोग गर्न बिपरित लेन हुँदै सवारी क्रस गरेर जाने प्रचलन छ । सवारी फर्काउन पनि विपरित लेनमा जथाभावी दायाँ मोड्ने गरिएको छ ।
अब सवारीहरुले ट्राफिक आइल्याण्डबाट मात्रै राइटसाइड मोड्न सक्नेछन् । जथाभावी दायाँ मोड्न दिँदा सवारी जाम बढेको र ट्राफिकलाई पनि हैरानी भएको यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरीको दाबी छ । ट्राफिक आइल्याड नभएका क्रेसिङ बाटोमा अब राइट मोडेर विपरित दिशाको सडकतर्फ जान पाइने छैन । विभाग र ट्राफिकले अब पुलमुनीका सडकलाई अधिकतम् रुपमा प्रयोगमा ल्याउने निर्णय पनि गरेका छन् ।

अब सबै पुलमुनिका बाटाहरु खोलिने भएको छ । पुलमुनीका सडक प्रयोगमा आउँदा जाम कम हुने र करिडोरका सडकमा पनि सवारी गुडाउने क्रम बढ्ने विश्वास गरिएको अधिकारीहरुले बताएका छन् । यस्तै अबको नयाँ नियम अनुसार अब विद्यालयका बसहरुलाई पनि सडकमा ‘अफिस टाइम’मा गुड्न नदिइने भएको छ ।

स्कुल बसहरुले विहान ९ बजेभित्र स्कुलबस स्कुल हाताभित्र प्रवेश गरिसकेकेको हुनुपर्नेछ भने भने बेलुका ४ बजेपछि पनि स्कुल बस सडकमा आउन पाउने छैनन् । अब स्कुल बस धेरै ट्राफिक जाम हुने समयमा सकडमा गुड्न पाउने छैनन् । यो नियम कडाइका साथ लागू गर्ने तयारी छ ।

यसैगरी,ट्राफिक प्रहरीले अब खानेपानी बोक्नेबाहेक अन्य डेलिभरी भ्यानलाई पनि ‘अफिस टाइम’मा रिंगरोडभित्र चलाउन नदिने भएको छ । साना भ्यान तथा गाडीलाई बिहान ९ बजेदेखि ११ बजेसम्म चल्न नदिइने भएको छ । यसैगरी अपहरान्ह ४ देखि बेलुकी ६ बजेसम्म पनि यस्ता भ्यान चल्न नदिने निर्णय भएको छ । अब मुख्य जाम हुने समयमा डेलिभरी भ्यान तथा गाडीहरु सडकमा आए ट्राफिक प्रहरीले कारवाही गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *