अमेरिकामा काँडेतार का कुरा

काठमाडौ ११ भदौ- अमेरिकाकाे टेक्सासमा राष्ट्रबादि नायक/निर्माता नवल खड्का र लोकप्रिय गायिका सत्यकला राईलाई एभरेष्ट ईन्टरटेन्मेन नामक संस्थाका अध्यक्ष मनाेज राईले एक कार्यक्रम गरेर टाेपि र खादा लगाई सम्मान गरेको छ ।

सम्बाेधन गर्दै खड्काले सम्मानले थप जिम्मेवारी बाेधसाथै उर्जा प्राप्त भएकाे भन्दै डायसपोरामा बसेर नेपाली चलचित्र र साँस्कृतिक क्षेत्रमा पुर्‍याउनु भएकाे याेगदानको प्रसंसा गरे। नेपालमा, नेपाली चलचित्र लाई माया गर्ने र नेपाली चलचित्रलाई माया नगर्नेका बिचमा द्वन्द्व रहेकाे बताए ।अब चाँडो बक्स अफिस र राष्ट्रिय चलचित्र नीति कार्यन्यवन हुने विस्वास ब्यक्त गरे।

मनतब्य दिदै खडकाले थप नेपालकाे सिमानामा काँडेतार लगाउन जरुरी छ ,त्यसका लागि सम्पूर्ण NRN ले नेपाल सरकारलाई कुटनैतिक पहलका लागि दबाब दिई सहयोग पुर्‍याउन अनुराेधसमेत गरे । संस्थाका अध्यक्ष मनाेज राईले सबै बाट साथ र सहयोग अपेक्षा रहेको छ भन्दै , सबैलाई धन्यवाद दिएका थिए । उक्त स्थानमा साँस्कृतिक कार्यक्रम पनि कलाकारहरूले प्रस्तुत गरेका थियोे ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *