अमेरिकामा हरेक वर्षको ५ नोभेम्बरलाई “राई इज किङ्ग” डे मनाईने

काठमाडौं, २१ कात्तिक- अमेरिकामा हरेक वर्षको ५ नोभेम्बरलाई “राई इज किङ्ग” डे मनाईने भएको छ । नेपाली गायनका मेगास्टार राजेशपायल राईको सम्मानमा अमेरिकामा यस्तो निर्णय गरिएको हो ।

हाल सांगीतिक कार्यक्रमको सिलसिलामा अमेरिकामा रहेका राजेशपायललाई रोचेस्टर सिटीका मेयर लभ्ली वारेन र डेपुटी डाइरेक्टर मेयर डा. केर्डिक एल. अलेक्जन्डरले संयुक्त रुपमा सम्मान गर्दै प्रत्येक वर्ष ५ नोभेम्बरलाई ‘राई इज किङ डे’ फेस्टिवलको रुपमा मनाउंने घोषणा गरेका हुन् ।

रोचेस्टर सिटी हलमा राजेशपायललाई प्रमाणपत्रले सम्मान गर्दै डेपुटी मेयर डा. अलेक्जन्डरले भने, ‘अब रोचेस्टर सिटीमा प्रत्येक वर्ष नोभेम्बर ५ मा ‘राई इज किङ डे’ को रुपमा मनाइनेछ ।’

कार्यक्रममा राजेशपायललाई ‘इन्टरनेशनल पपस्टार’ उपाधिसमेत प्रदान गरिएको छ । सम्मान ग्रहण गर्दै गायक राजेशपायलले अमेरिकामा अहिलेसम्मकै ठूलो सम्मान प्रदान गरेको भन्दै रोचेस्टर सिटीप्रति आभार व्यक्त गरेका छन् ।

सांगीतिक कार्यक्रमको लागि अमेरिका पुगेका राजेश पायल राईलाई विमानस्थलबाट अमेरिकी प्रहरीले कार्यक्रम स्थलसम्म सुरक्षा दिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *