अमेरिकी राजदूत र उद्योगमन्त्रीबीच भेटवार्ता

काठमाडौ २५ असोज – नेपालका लागि अमेरिकी राजदूत एलिना वि टेप्लिजले भूकम्पपछिको पुनर्निर्माणबारे चासो राखेकी छन् । उद्योग मन्त्री सुनीलबहादुर थापासँग मन्त्रालयमा बुधबार भएको भेटघाटमा राजदूत टेप्लिजले पुनर्निमाणको काम बारे चासो राखेकी हुन् ।

त्यसैगरी सो भेटमा राजदूत टेप्लिजले नेपालको औद्योगिक विकासमा अमेरिकाले सधैं सहयोग गर्ने प्रतिवद्धता जनाइन् । उनले नेपालमा जिर्ण अवस्थामा रहेका उद्योग सञ्चालन, भइरहेका उद्योगहरुको स्तरउन्नती र नेपालमा उत्पादिन बस्तुहरुको अन्तराष्ट्रिय बजारसम्म पु¥याउन आफुले मद्यत गर्ने प्रतिवद्धता जनाइन् ।

झण्डै १ घण्टा लामा भेटमा राजदूत टेप्लिजले पछिल्लो समयमा देखा परेको नेपालको राजनीतिक अवस्थाबारे पनि चासो राखेकी थिइन् । उनले पछिल्लो चरणमा बनेका विभिन्न गठबन्धन बनिरहेका कारणनेपालको विकासमा असर त पु¥याउँछ कि पु¥याउँदैन भनी चासो पनि राखेकी थिइन् ।

उनले सरकारले मंसिर १० र २१ मा गर्न लागेको निर्वाचनमा अमेरिकाले पूर्णरुपमा सहयोग गर्ने प्रतिवद्धतासमेत जनाइन् । उनले भनिन्, ‘नेपालमा जहिले पनि शान्ति कायम भएको चाहन्छ, त्यसका लागि सरकारले जसरी निर्वाचन गर्न हरसम्भव प्रयास गरेको छ, त्यसलाई अमेरिकाले स्वागत र समर्थन गर्छ ।’
सो अवसरमा मत्री थापाले मन्त्री थापाले नेपालको औद्योगिक विकासका लागि लगानी गर्न आग्रह गरे । ‘नेपालमा संविधान जारी भएर एउटा खुड्किलो पनि पार गरिसकेको छ, अव लगानीमा कुनै समस्या छैन’ मन्त्री थापाले भने, ‘सरकारले प्रदेश र केन्द्रको निर्वाचन पनि सम्पन्न गर्न लागेकाले नेपालमा विदेशी लगानी आवश्यक छ ।’ सो भेटमा मन्त्री थापाले पछिल्ला राजनीतिक घटनाक्रमले नेपालको औद्योगिक विकासमा कुनै प्रभाव नपार्ने प्रतिवद्धता जनाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *