अम्बिका याम्फु अनमोल को ‘मोहक मकालु’ र शान्ता खवासको ‘पराइको नजरमा’ मुक्तक संग्रह विमोचित

सूचना खबर संवाददाता-काठमाण्डौ १६ बैशाख,  नेपाल मुक्तक प्रतिष्ठानका आजीवन सदस्यद्वय अम्विका याम्फु “अनमोल”को “मोहक मकालु” मुक्तक संग्रह र शान्ता खवास भुजेलको ‘पराईको नजरमा‘ मुक्तक संग्रह बैशाख १५ गते काठमाण्डौंमा प्रतिष्ठानको एउटै ब्यानरमा संयुक्त रुपमा लोकार्पण गरिएको छ ।

बरिष्ठ साहित्यकार तथा प्रतिष्ठानका सल्लाहकार चेतन कार्कीको प्रमुख आतिथ्यमा सम्पन्न लोकार्पण समारोहमा नेपाली साहित्य, कला, संगीतकर्मी लगायत अन्यको बाक्लो उपस्थिति रहेको थियो ।

कार्यक्रममा प्रमुख अतिथि कार्कीले भने,  “नेपाली मुक्तक अब नेपालमा मात्र सीमित रहेन, यसले विश्वव्यापी रुप लिई सक्यो” । आफूले दुबै जनाको मुक्तक कृति पढेको कुरा सुनाउँदै भने “उनीहरू सिकारुजस्ता लागेनन्,मुक्तक निकै भाँती पुर्‍याएर लेखेका छन्”। प्राज्ञ तथा प्रतिष्ठानका उपाध्यक्ष वियोगी बुढाथोकीले दुइटै विमोचित कृतिहरूमाथि सर्सर्ती समीक्षा गर्दै मुक्तक निकै पठनीय भएको भन्दै मुक्तककारद्वयलाई बधाई दिएका थिए ।

प्रतिष्ठानका महासचिव रमेश पौडेलले मोहक मकालु “प्राकृत” र पराईको जनरमा “काव्यिक” नामाकरणले कृतिकै शोभा बढाएको छ भन्दै बधाई दिए । मुक्तककार तथा कलाकार खगेन्द्र पन्धाक लिम्बुले अनमोलको लेखनीका बारेमा बोल्दै धन्यवाद दिए ।

अध्यक्षको आसन बाट बोल्दै, प्रतिष्ठानका अध्यक्ष रामकाजी कोनेले “प्रतिष्ठानको इजरायल शाखा निकै सक्रिय रहेको र निरन्तर कृति प्रकाशनमा ल्याएकोमा शाखाका सबै पदाधिकारीहरूलाई बधाई” दिए ।

सो अवसरमा मुक्तककार सुनिल अधिकारी,प्रतिष्ठानकी आजीवन सदस्य कल्पना जिज्ञासुले विमोचित दुबै कृतिका मुक्तक सुनाउँदै शुभ-कामना दिए । मुक्तककारद्वय भुजेल र अनमोललाई नेमुप्र केन्द्रका तर्फबाट पनि बधाई तथा शुभकामना दिइएको थियो ।

कार्यक्रममा प्रतिष्ठानका सदस्य राधेश्याम लेकालीले स्वागत मन्तब्य राखेका थिए भने प्रतिष्ठानका सचिव बादल घिमिरेले कार्यक्रम सञ्चालन गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *