अर्वपति विनोद चौधरी कांग्रेसको समानुपातिकमा

काठमाडौ १३ कातिक- विश्वकै धनीहरुको सूचीमा परेका व्यापारी विनोद चौधरीलाई नेपाली कांग्रेसले प्रतिनिधिसभातर्फ समानुपातिक सूचीमा राखेको छ । कांग्रेसले आइतवार राति निर्वाचन आयोगलाई बुझाएको अन्तिम नामावलीमा चौधरीको नाम समावेश गरिएको हो ।

२०६४ सालको संविधानसभा निर्वाचनमा एमालेबाट समानुपातिक सभासद भएका चौधरी ०७० मा एमालेबाटै नवलपरासीबाट प्रत्यक्षका लागि सिफारिस भएका थिए । तर, उनले त्यहाँ चुनाव लडेका थिएनन् ।

स्रोतका अनुसार चौधरीलाई समानुपातिकको प्राथमिकता सूचीमा राखेकोमा कांग्रेसभित्रै असन्तुष्टि बढेको छ । पार्टीलाई चुनावका लागि आर्थिक सहयोग गर्ने आश्वासनपछि चौधरीलाई समानुपातिकमा राखिएको कांग्रेस स्रोतको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *