अवैध हतियार सहित पक्राउ

रौतहट, ९ चैत
रौतहटको जिल्लाको मठिया ५ स्थित सडकबाट प्रहरीले मंगलबार डिएल ३ एएक्स ९६५९ नम्वरको मोटरसाइकलमा सवार भारत मोतीहारी जिल्ला महुआही ग्राम पञ्चायत ११ बस्ने २७ वर्षीय रञ्जन कुमार र २४ वर्षीय जलन्धर साहलाई म्याग्जिन सहितको पेस्तोल १ थान, ३ राउण्ड गोली, १ थान म्याग्जिन, नलकटुवा पेस्तोल १ थान सोको गोली ५ राउण्ड, फलामको पञ्च (औला छिराएर हिर्काउन प्रयोग गर्ने) १ थान सहित पक्राउ गरेको नेपाल प्रहरीले जनाएको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *