अशोक राइको प्रमुख आतिथ्यतामा यायोक्खा ललितपुरले २७ औं स्थापना दिवस मनाउदै

kirat-rai-yayokhkhaजनक राई,भदौ २५ काठमाडौ । आज शनिबार ११ बजे किरात राइ यायोक्खा ललितपुरले संघीय समाजबादी फोरमका बरिस्ठ सदस्य, संसदीय दलका नेता तथा पुर्व मन्त्री अशोककुमार राईको प्रमुख आतिथ्यतामा संस्थाको २७ औं स्थापना दिवस खुमलटारमा अवस्थित तयामा-खियामा पार्टी प्यालेसमा भब्य रूपमा आयोजना गर्दै छ ।

स्थापना दिवसको अवसर पारेर प्रदान गर्दै आएको “यायोक्खा ललितपुर सम्मान” द्वारा यो बर्ष समाजसेवी/उद्योगपति तेजबहादुर राइ लाइ सम्मान गरिने समितिका सचिब भुपेन्द्र पुमा राइले गराएका छन् ।

ललितपुर सम्मान द्वारा यो भन्दा अगाडि मनिकुमार राइ, जीतेन राइ, राजबहादुर राइ, जनक राइ, चङमायुमा राइ र मदन राइ सम्मानित भइसकेका छन् ।

स्थापना दिवसमा किरात राइ साँस्कृतिक कलाकार संघ ललितपुरले किराँती गित र सुम्निमा कल्चर एकेडेमीले आकर्षक नृत्य प्रस्तुत गर्दै छन् ।

कार्यक्रममा सहभागी हुनको लागी यायोक्खा ललितपुरका पुर्व पदाधिकारी सदस्यहरू मातहत प्रारम्भिक कार्यसमितिका सम्पुर्ण पदाधिकारी सदस्य लगायत सबैमा निमन्त्रणा गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *