असारको पहिलो साता प्रधानमन्त्री ओलीको चिन भ्रमण

काठमाडौं ७ जेठ – प्रधानमन्त्री केपी शर्मा ओली असार पहिलो साता चीन भ्रमणमा जाने भएका छन् । उच्च सरकारी स्रोतका अनुसार प्रधानमन्त्री ओली असार ५ गते चीनको राजकीय भ्रमणमा जान लागेका हुन् । भ्रमणको औपचारिक घोषणा हुन भने बाँकी छ ।

प्रधानमन्त्री ओलीले सांघाई कोअपरेसन अर्गनाजेसनको सम्मेलनको अवसर पारेर चीनको भ्रमण गर्न चाहेका थिए । त्यो भएको भए रुसी राष्ट्रपति भ्लादिमिर टुलिन लगायतका विश्वका नेताहरुसँग भेट गर्ने मौका प्राप्त हुने थियो ।

तर, चीनले समय नमिल्ने भन्दै सम्मेलनको दुई सातापछि प्रधानमन्त्री ओलीलाई स्वागत गर्ने तयारी गरेको छ । सांघाई कोअपरेशनको सम्मेलन जुन ९-१० मा चिङ्दाओमा हुनेछ भने ओली १९ जुनमा चीन भ्रमणमा जानेछन् ।

प्रधानमन्त्री ओलीको चीन भ्रमणका क्रममा विगत भएका सहमति तथा सम्झौता कार्यान्वयन लगायतका विषयमा छलफल हुने अधिकारीहरुले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *