आईपिएलमा आबद्ध हुने सन्दिप लामिछाने को हुन्

काठमाडौ- नेपाली क्रिकेटर सन्दीप लामिछानेलाई इण्डियन प्रिमियर लिग(आइपीएल)को अक्सनमा दिल्ली डेयरडेवल्सले २० लाख भारुमा अनुबन्ध गरेको छ। योसँग अाइपीएलमा छनौट हुने सन्दीप पहिलो नेपाली खेलाडी बनेका छन्।

को हुन् त सन्दिप ?
सन् २००० अगष्ट २ मा स्याङ्जामा जन्मिएका सन्दिप ५ फिट ८ इन्च अग्ला छन् । उनि बायाँ हाते बलर हुन् । हाल विश्व क्रिकेट लिग डिभिजन दुईको तयारीका लागि शनिबार युएई प्रस्थान गरेको नेपाली टोलीसँगै युएई प्रस्थान गरेका सन्दीप सन् २०१६ मा बंगलादेशमा भएको यु–१९ विश्वकपबाट उमेर समूहको नेपाली टोलीमा डेब्यु गरेका थिए।

सो पहिलो अन्तराष्ट्रिय खेलमा नै सन्दीपले आयरल्याण्डसँग ह्याट्रिक लिएका थिए भने उनको प्रदर्शनको सहयोगमा नेपाली टोलीले टेस्ट नेशन न्यूजिल्याण्डलाई पराजित गर्दै दोस्रोचरणको यात्रा तय गरेको थियो। उक्त विश्वकपमा १४ विकेट लिदै उनी दोस्रो सर्बाधिक विकेट लिने खेलाडी बनेका थिए।

सोही प्रतियोगितापछि उनको तुलना अस्ट्रेलियाका बलर शेन वार्नसँग भएको थियो। जसले अन्तराष्ट्रिय सञ्चारमाध्यममा ठूलो चर्चा बटुल्यो। नेपाली यु–१९ टोलीबाट हालसम्म २७ खेल खेलका सन्दीपले ७२ विकेट लिएका छन्।

२०१६ मा विश्व क्रिकेट लिग अन्तर्गत नामिबियासँग घरेलु मैदानमा भएको खेलमा सिनियर टोलीमा डेब्यू गरेका सन्दीप त्यसयता कहिल्यै राष्ट्रिय टोलीबाट छुटेका छैनन्।

राष्ट्रिय टोलीको सदस्य तथा यु–१९ टोलीको कप्तान समेत रहिसकेका सन्दीपको प्रदर्शनबाट प्रभावित अस्ट्रेलियन पूर्वकप्तान माइकल क्लार्कले उनलाई गतवर्ष अस्ट्रेलियामा प्रशिक्षण गर्ने तथा खेल्ने वातावरण मिलाएका थिए।

आइपीएलको अक्सन सुचिमा परेपछि सन्दीपलाई बधाई दिँदै क्लार्कले आफू कुनै फ्रेन्चाइजीसँग आवद्ध भए अनिवार्य रुपमा सन्दीपलाई लिने बताएका छन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *