आउदो शनिबार प्रधानमन्त्री भारत भ्रमणमा जाने

असोज २८ काठमाडौ, प्रधानमन्त्री पुष्पकमल दाहाल शनिबार भारत भ्रमणमा जाने भएका छन् । शनिबार बिहानै भारत जाने भएकाले एमाले अध्यक्ष केपी शर्मा ओलीले दशैंका अवसरमा आयोजना गर्न लागेको चियापानमा प्रधानमन्त्री सहभागी नहुने भएका छन् ।

भारतको गोवामा शनिबारदेखि हुन लागेको ब्रिक्स शिखर सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निम्तो मान्न प्रधानमन्त्री त्यसतर्फ जान लागेका हुन् ।

ब्रिक्स सम्मेलनमा भाग लिन रुसी राष्ट्रपति भ्लादिमिर पुटिन भारत पुगिसकेका छन् । चिनियाँ राष्ट्रपति सी जिन पिङ पनि बंगलादेशको भ्रमण सकेर भारत जाँदैछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *