आगलागीमा तीनलाख भन्दा बढिको क्षती

लहान ३ साउन- सप्तरीको सिमराहामा आज बिहान भएको आगलागीमा करिब रु तीन लाख मूल्य बराबरको क्षति भएको छ ।

स्थानीयवासी बिजली रामको भान्साघरबाट सल्केको आगो फैलिएर उहाँका चार घर जलेर नष्ट भएको स्थानीयवासीले बताएका छन् । आगलागीबाट घरमा भएका खाद्यान्न, लत्ताकपडा, फर्निचर लगायत सम्पूर्ण सामान जलेर नष्ट भएको छ ।

स्थानीयवासी तथा प्रहरीको प्रयासमा आगलागी नियन्त्रणमा लिइएको थियो । यसैबीच मूलवासी मुक्ति पार्टीका अध्यक्ष मो इस्लामले अग्निपीडित परिवारलाई आजै भुजा, च्युरा, चामल, नुन, तेल, कपडालगायत सामग्री राहत वितरण गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *