पौष १४ बेलायत, नेपाल आदिबासी जनजाति महासंघ वेलायतले नेपाली राजदुताबास वेलायत मार्फत वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहल प्रचण्डको नाममा ज्ञापन पत्र बुझाएको छ । वर्तमान राजनैतिक अस्थिरता प्रति सचेत नागरिकलाई चिन्तन हुन् स्वाभाविक र बर्तमान राजनीतिक गतिरोधका कारण देश दिर्धकालिन गृह युद्दमा धकेलिनुको प्रमुख कारण गलत सोच र गलत बाटोबाट ल्याएको असमावेशी संबिधान नै हो भनि ठहर गर्दै उक्त ज्ञापन पत्र बुझाइएको हो ।
राज्यको मुलधारमा राज्यको सबै जात जाति सम्प्रादायलाई समेट्नको निम्ति राज्यको पुनसंरचना गर्नु पर्ने अपरिहार्यता औल्याउंदै राज्य पुन संरचना आयोगले सिफारिस गरेको १० प्रदेशको खाका मात्र निर्बिकल्प भएको बिज्ञप्तीमा उल्लेख छ ।
यसैगरी नेपाल आदिबासी जनजाति महासंघ बेलायतले बिदेशमा बस्ने नेपालीहरुले पनि मतदान गर्नु पाउनु पर्ने ब्यबस्था, धर्म निरपेक्ष संघिय गणतन्त्र नेपालको मुल्य र मान्यता बिपरित फैलँदो धार्मिक अतिवादलाई तत्काल नियन्त्रण गर्नु पर्ने, बिदेशी नागरिकलाई दोहोरो नागरिकताको ब्याबस्था गरिनु पर्ने, यस अघि आदिबासी जनजातिसंघ महासंघसंग जतिपनि भएका सम्झौताहरु कार्यान्वायन गर्नु पर्ने, राज्यको हरेक अंगमा समानुपातिक निर्बाचन प्रणालीको ब्याबस्था गरिनु पर्ने, थ्रेसहोल्डको ब्यबस्था हटाइनु पर्ने लगायतका मागहरु रहेका छन् ।