“आना आसारो” एल्बमको बिमोचन सम्पन्न

ईन्द्र जिजीबिषा-फागुन २२ काठमाडौ,”आना आसारो” (तिमी को हो) एल्बमको बिमोचन गरिएको छ । गीतकार नईन्द्र राईको एकल शब्द रचना रहेको उक्त एल्बम शनिबार एक कार्यक्रम बिच बिमोचन गरिएको हो । लोहरुङ्ग याक्खावा समाजको आयोजनामा आयोजिक कार्यक्रममा, सदस्य सचिब-नेपाल नाटय कला प्रतीष्ठान तथा वरिष्ठ संगीतकार गणेश रसिकले उक्त एल्बम बिमोचन गरेका हुन् ।

कार्यक्रममा प्रमुख अतिथि रहेका रसिकले भने “आना आसारो एल्बमले आफूलाई प्रभावित बनाएको छ । यी र यस्ता भाषाभाषी गीतहरुले निरन्तरता दिए,आफ्नो भाषा संस्कार जीवित रहने तर्क गर्दै गीतकार नईन्द्र राई र आना आसारो गीति एल्बमका सम्पूर्ण टिमलाई शुभकामना दिए ।

कार्यक्रममा विमोचित एल्बमको समिक्षा गर्दै संगीतकार राई नविनले भने “यी र यस्ता भाषिक गीतहरु निरन्तर आउनु पर्छ र आईरहोस । आना आसारो एल्बम भित्रका गीतहरुलाई हेर्दा यसको सबै पक्ष राम्रो हुदा हुदै पनि एरेन्जमा कतै अलिक खल्लो महशुस हुन्छ, यसको अलावा शब्द संगीत गायकी सबै पक्ष उत्कृष्ट छ । गीतकार नईन्द्र राई र सम्पूर्ण टिमलाई मेरो शुभकामना छ” । कार्यक्रममा गीतकार शुभ मुकारुङ्गले पनि शुभकामना दिए ।

आना आसारो गीति एल्बममा ४ वटा गीतहरु रहेका छन् । एल्बममा रहेका पहिलो आना आसारो बोलको गीतलाई कृष्ण भक्त राई र खुशिनिछो चाम्लिङ्गले स्वर दिएका छन् भने संगीत पुष्प राईको रहेको छ । यो गीतलाई कृष्ण भक्त राईले नै एरेञ्ज गरेका छन् । यस्तै एल्बममा रहेको दोस्रो खाँदबारी हाटा बोलको गीतलाई गायक राजेश पायल राई र खुशेनिछो चाम्लिङ्गले गायका छन् भने,संगीत नईन्द्र राईको रहेको छ । एरेन्ज मनोज साङसोनले गरेका छन् । एल्बममा रहेको अर्को याखावा सारे बोल रहेको गीतलाई खुशेनिछो चाम्लिङ्ग र भिष्मराज राईले गायका छन् । यो गीतमा नईन्द्र राईको संगीत र कृष्ण भक्त राईको एरेन्ज रहेको छ । यसैगरी एल्बममा रहेको चौथो गीत चाङ्गानि डुङ्गानि बोलको गीतलाई संगीत र स्वर मनोज साङसोनको रहेको छ भने,एरेन्ज त्रिलोक प्रधानको रहेको छ ।

कार्यक्रममा आना आसारो गीति एल्बमको लागि सहयोग गर्ने विभिन्न व्याक्तित्वहरुलाई लोहरुङ्ग याक्खावा समाजले प्रशंसा पत्र र खादाले सम्मान गरेको थियो । प्रशंसा पत्र पाउने व्यक्तित्वहरुमा गीतकार गीतकार नईन्द्र राई,गायक राजेश पायल राई,गायिका खुशिनिछो चाम्लिङ्ग,गायक कृष्णभक्त राई,आभा मुकारुङ्ग,मनोज साङसोन,भिष्मराज राई,रेकडिस्ट मणि ताम्लिङ्ग,आना आसारो एल्बमका प्रस्तुतकर्ता साङ्गकेन इन्टरटेन्मेण्ट,सुम्निमा कल्चर र कार्यक्रम संयोजक चन्द्रा चाम्लिङ्ग रहेका छन् ।

prasansapatra
प्रशंसा पत्र ग्रहण गर्दै कलाकारहरु

लोहरुङ्ग याक्खावा समाजका अद्यक्ष चित्रबहादुर राईको अद्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि सदस्य सचिब-नेपाल नाटय कला प्रतीष्ठान तथा वरिष्ठ संगीतकार गणेश रसिक रहेका थिए । अन्य अतिथिहरुमा गीतकार शुभ मुकारुङ्ग, डाक्टर बिना लोहरुङ्ग,राई नविन,रुक्मिणी लोहरुङ्ग,टंकप्रसाद लोहरुङ्ग, सरिता लोहरुङ्ग,पृथ्वीराज लोहरुङ्ग,तिकासरी राई, डाक्टर बिष्णु राई,दिपक याख्खा,चुनबहादुर राई,कृष्णभक्त राई, खुशेनिछो चाम्लिङ्ग,र आना आसारो एल्बमका गीतकार नईन्द्र राई रहेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *