आमाको सदगद गर्न कैदीबन्दीलाई छुट

चिसाङ शेर्पा
काठमाडौ १० बैशाख, खोटाङमा एक कैंदीलाई मृतक आमाको सदगदका लागि घर जाने अवसर दिइएको छ । कर्तव्य ज्यान मुद्धामा ९ वर्षदेखि जिल्ला कारागार शाखा दिक्तेलमा जेल जीवन बिताइरहेका रुपाकोट मझुवागढी नगरपालिका-११ का पूर्णकुमार तामाङलाई मृतक आमाको सदगदका लागि छुट दिइएको हो ।

मृतक आमाको शव सद्गदका लागि शनिबार सुरक्षाकर्मी सहित तामाङलाई घर पठाइएको जिल्ला कारागार शाखा दिक्तेलका प्रमुख चित्राखर आचार्यले बताए । तामाङको आग्रहमा प्रशासन र प्रहरीले उनलाई आमाको सदगदका लागि सुरक्षा व्यवस्था सहित घर जाने अनुमती दिएको हो । धरानमा मृत्यु भएका तामाङकी आमाको शव शुक्रबार गाउँमा ल्याइएको थियो । शव दाहसंस्कार पछि जेलमा फर्कनेगरी तामाङलाई पठाइएको जेलर आचार्यले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *